×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यि हुन् फेसबुकले थपेका ६ वटा नयाँ सुविधाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

यि हुन् फेसबुकले थपेका ६ वटा नयाँ सुविधाहरु

Artha Sarokar

२४ आश्विन २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सामाजिक सञ्जाल फेसबुकमा भावना साटासट गर्न र अन्तर्क्रियाका लागि सहज र मनोरञ्जनपुर्ण भएपनि एउटा अप्सनको निकै ठुलो अभाव महसुस गरिएको थियो । त्यो हो ‘डिस्लाइक’ अप्सन ।

कसैले खुसीको खबर पोष्ट गर्दापनि लाईक गर्नु पर्ने र दुखको खबर पोष्ट गर्दापनि विकल्प हुँदैन लाईक नै गर्नु पर्ने । त्यसलाई खास डिसलाईक अर्थात त्यो प्रति सहानुभुति या समवेदना प्रकट गर्नु पर्ने तर त्यसका लागि सुविधा नै नहुँने । होइन, अब त्यसका लागि सुविधा हुन्थेन ।

किन भने फेसबुकले त्यहि अभावलाई मध्यनजर गर्दै त्यसको सट्टामा पुरानै ‘लाईक’ सहित विभिन्न ६ वटा थप सिम्बोलहरु प्रयोग गरेर प्रतिक्रिया जनाउन मिल्ने सुविधाहरु थपेको छ ।

फेसबुकले आफ्ना प्रयोग कर्ताहरुका लागि प्रतिक्रिया जनाउन सहज होस भनेर नयाँ एक्सप्रेसन र एनिमेटेड इमोजीहरु थपेको छ । जस्को माध्यमबाट प्रयोगकर्ताहरुले आफ्नो मनमा उत्पन्न भएको भावलाई अभिव्यक्त गर्न सोहि अनुरुपको संकेत अर्थात एनिमेटेड इमोजिहरु प्रयोग गर्न सक्नेछन् ।

जस्तो कि मन परेमा लाईक, प्रेम व्यक्त गर्न धड्किरहेको मुटु, हाँसोका लागि हाहा गरेर हाँसेको, रिसको लागि क्रोधपुर्ण अनुहार, दुःखको लागि आँसु रसाएका आँखा, अचम्म लागेमा वाउ र रमाउनु भएमा आँखा चिम्लीएको स्माईली प्रयोग गर्न सकिने छ । रियाक्सन्स नाम दिइएका उक्त फिचरहरुलाई सार्वजनिक गर्नेक्रममा बिहिबार आयोजित एक कार्यक्रममा बोल्दै फेसबुकका प्रडक्ट म्यानेजर क्रिस कक्सले सामान्यतया प्रयोगमा आएका कमेन्ट र अभिव्यक्तिहरुको अध्ययन गरेर यि सुविधाहरु थपिएको बताए । उनले यो डिसलाईक बटन नभएको र यसले मानिसहरुको भावनालाई वृहतरुपमा समेट्ने आशा समेत व्यक्त गरे ।

केहि समय अघि फेसबुकका सिइओ मार्क जुकरबर्गले डिस्लाईक अप्सनमा धेरैको चाँसो भएपनि यो फिचर राख्न कम्पनिले नचाहेको र सहानुभुतिका लागि आफुले अरु कुनै व्यवस्था गर्ने बताएका थिए ।
अहिलेलाई भने यो सुविधाको मज्जा शुक्रबार बाट स्पेन र आयरल्यान्डका प्रयोगकर्ताहरुले मात्रै लिन पाउने छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी