
वैदेशिक रोजगार व्यवसायी बज्रकिशोर यादवकी पत्नी वीना यादवको गर्भमा रहेको बच्चाको मृत्यु पछि इन्फेक्सनका कारण आमाको समेत मृत्यु भएको मेडिकल रिपोर्ट दिएकी शर्माले आफूनिकट स्वास्थ्य पत्रकारलाई भने लोग्नेस्वास्नीको झगडाका कारण बिरामीको मृत्यु भएको जवाफ भनिरहेकी छन् ।
पेट्रोल अभावका कारण अस्पतालसम्म नपुगेका पत्रकारले भने नुतनले भने जस्तै उनकै पक्षमा समाचार सम्प्रेषण गरिरहेका छन् । मृतकका श्रीमान यादवका अनुसार साढे दुई हप्ताको गर्भ रहेपछि विनाले लगातार बान्ता गर्न थालिन् । उनको उपचारका लागि अस्पताल गएपछि उचित स्याहारसुसार हुन्छ भन्दै उनलाई करिब दुई महिनादेखि अस्पतालमै भर्ना गरेर क्याबिनमा राखिएको थियो ।
तर आइतबार बिरामी सिकिस्त भएको भन्दै अप्रेसनका लागि अर्को भवनमा सारिएको थियो । बिहीबार बिहान अचानक बिरामीको मृत्यु भएको जानकारी अस्पतालले दिएपछि यादव छानाबाट खसेजस्ता भएका थिए । श्रीमती र बच्चा गुमाएका यादवलाई अस्पतालले प्रहरीको रवाफ देखाउदै शव लैजान धम्काएपछि उनी न्यायका लागि कहाँ जाने भन्दै अस्पताल प्रशासनमै रोइरहेका थिए । अस्पताल प्रशसनले आफूहरुको कुनै लापरवाही नभएको जवाफ दिँदै कानुनी उपचारका लागि जहाँ गए पनि हुने गैरजिम्मेवारीपूर्ण जवाफ दिएका छन् ।
को हुन नुतन शर्मा ?
भारतको महाराष्ट्र माइत भएकी शर्माको जनकपुर घर हो । यसअघि पनि नेपाल मेडिकल काउन्सिलले शर्मालाई निलम्बन गरेको थियो । कानुनविपरीत लिङ्ग पहिचान गरी गर्भपतन गर्न प्रोत्साहन गरेको भन्दै काउन्सिलले उनलाई ३ महिनाका लागि निलम्बन गरेको हो ।
उनले गर्भपतन गर्न प्रोत्साहन गरेको भिडियोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सर्तकता केन्द्रमा उजुरी परेको थियो । आयोग र केन्द्रले उनलाई निलम्बन गर्न पत्राचार गरेपछि काउन्सिलले यस्तो निर्णय गरेको थियो । सर्वोच्च अदालतबाट कान्तिपुर एफएमका एक पत्रकारको सहयोगमा निलम्बन फुकुवा गर्न सफल शर्माले अदालतमा मात्र डेढकरोड खर्च गरेको कानेखुसी उनीबाट पीडित अस्पतालका अन्य चिकित्सकले गर्ने गरेको समाचार अपराधखबर डटकमले लेखेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्