
राजदुत रोयले प्रधानमन्त्रीलाई भारतले पेट्रोलियम पदार्थ लगायत अन्य सामान आयातमा थप कडाई गर्ने भन्दै ‘जे मन लाग्छ त्यही गर’ भन्ने म्यासेज पठाएका छन् । नेपालमा संविधान जारी भएयता अघोषित नाकाबन्दी लगाउँदै आएको भारतले एक दिनअघि नाका खुलाउने प्रतिबद्धता गरे पनि नाका खुलाउने संकेत देखाएको छैन । नेपालको नयाँ संविधानको विषयलाई लिएर रुष्ट भएको भारतीय सरकार नाका खुलाउनुको सट्टा नेपाल सरकारप्रति थप रुष्ट हुन थालेको छ । नेपालको संविधान संशोधनका लागि भारतले राख्दैआएको ७ बुँदे माग सम्बोधन नभएसम्म नाकाबन्दी नखोल्ने समेत उनीहरुले चेतावनी दिएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार, भारतीय दुताबासले ‘आकाशबाट वा जमिन खनेर जहाँबाट ल्याए पनि ल्याउनुस् । संविधान संशोधन नभएसम्म नाकाबन्दी खुल्दैन ।’ भन्ने अभिव्यक्ति दिएको छ । यस्तैमा, भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायलाई भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीहरुले कार्यालयमै बोलाएर झपारे । सोमबार राजदूत उपाध्यायलाई विशेष रुपमा कार्यालयमै नाकाबन्दीको विषयमा हप्काएका हुन् ।
यता कांग्रेस, एमाले र एमाओवादीको प्रमुख तीन दलको सोमबार बैठकले तत्काल समस्या समाधानका लागि दुई देशका प्रधानमन्त्री स्तरमै वार्ता गर्ने बताइएको छ ।