×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई एसपीको कुटाकुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

दुई एसपीको कुटाकुट

Artha Sarokar

१९ आश्विन २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

तराईमा कार्यरत प्रहरीहरुलाई खाना खाने फुर्सद छैन । करिब दुई महिना देखि उनीहशरुलाई १४ घन्टे डिउटीमा खटिदै आएका छन् । तर उपत्यकामा कार्यरत केही अधिकारीहरुको भने गफ गरेर दिन बित्ने गरेको छ ।

रानीपोखरीमा कार्यरत दुई एसपीको झगडाले प्रहरी संगठनमा यतिबेला निकै चर्चा कमाएको छ । एसपी रविन्द्र धानक र उमा शंकर पञ्जियारबीच कार्यलयमै झगडा भएको थियो । घटनाको एआइजी विज्ञानराज शर्माले छानबिन थालेका छन् । घटनाको दोषी भने एसपी धानुक देखिएका छन् । उनले एसपी पञ्जियारलाई जथाभावी गाली गरेको स्रोत बताँउछ । अश्लील शब्द प्रयोग गरेर कार्यालयका अन्य अफिसरकै अगाडी उनले एसपी पञ्जियारलाई गाली गरे पछि झगडा सुरु भएको हो ।

एआईजी शर्माले उनलाई कारबाहीको तयारी गरेको स्रोतलेब ताएको छ । ‘एसपी जस्तो पदमा रहेको मान्छेको सिपाहीको जति पनि बुद्वि रहेनछ’ आयुक्त कार्यालयका एक अधिकारीले भने ।  उनी पहिला पनि पटक पटक विवादमा आएका थिए । काभ्रे जिल्लाको प्रहरी प्रमुखहुदाँ अञ्चल प्रहरी कार्यालयको जग्गा खरिदमा कमिशन खाएका थिए । पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको पिएसओका रुपमा कार्यरत भएकाले चन्दकै सोर्सफोर्समा उनले उन्मुक्ति पाएका हुन् । दृष्टि साप्ताहिकमा समाचार छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी