×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तराई आन्दोलनको नेतृत्व भारतकै हो: चित्रबहादुर केसी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

तराई आन्दोलनको नेतृत्व भारतकै हो: चित्रबहादुर केसी

Artha Sarokar

१९ आश्विन २०७२, मंगलवार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

चित्रबहादुर केसी राष्ट्रिय राजानीतिमा छुट्टै पहिचान बनाएका नेताका रुपमा परिचित छन् । बाग्लुङ जिल्लाबाट लगातार जित्दै आएका केसीले संविधान सभामा संघीयताप्रतिको आफ्नो फरक मतलाई दरिलो रुपमा प्रस्तुत गरेका थिए । देश संघीयतामा जाँदा विखण्डन हुन्छ, संघीयतासहितको संविधान लागु गर्नुहुर्दैन भन्ने उनले अहिले पनि आफ्नो त्यो फरक विचार कायम राख्दै आएका छन् ।

देशको अहिलेको अवस्थालाई कसरी चित्रण गर्नुहुन्छ  ?
नेपाल लामो समयसम्म संक्रमणकालिन अवस्थामा गुज्रियो । त्यसैलाई चिर्नको निम्ति संविधान ल्याउने प्रयास भयो । संक्रमणकाललाई समाप्त पार्नको निम्ति नयाँ संविधान अत्यन्तै सकसका साथ आएको छ । यसलाई रोक्न देशीविदेशी सवै तत्वको सक्रियता रहेता पनि नेताहरुको अडानले देशले नयाँ संविधन पाउनु भनेको यो सुखद पक्ष नै हो ।

यही बहानामा भारतले नाकाबन्दी ग¥यो नि त ?
भारतीय शासकहरुका लागि नेपालमा बनेको संविधान अहिले पनि टाउको दुखाईको बिषय बनेको छ । किनकि उनीहरुले भनेको अनुरुपको जुन संविधान आउनुपथ्र्यो सोही अनुरुप नआउँदा कतै आफ्नो हैकमबाद नेपालमा जमाउन गाह्रो हुने त होईन ? भन्ने चिन्ताले उनीहरुले अत्तालिएको अवस्था छ । यसैकाबीच भारतले नेपालमाथि बिभिन्न प्रोपोगाण्डा मच्चाएर आफ्नो ‘एक्सन’ पनि देखाईरहेको छ । नयाँ संविधान लागु गर्न सकस परेको बेला देशको अवस्था राम्रो छैन ।

तपाईले निरन्तर संघीयताको विरोध गर्दै गर्दा विरोधका बाबजुत देशले संघीयतासहितको नयाँ संविधान पाएको छ, तपाईंको विचारमा अब यो देशमा के होला  ?
पहिले देखि नै नेपाल अर्धसामन्ती, अर्ध औपनिवेशिक अवस्थामा रहदाँ देशमा अस्थिरता, अराजकता जस्ता विभिन्न प्रोपोगाण्डा भईरहेका थिए । नेपाललाई स्वतन्त्र राष्ट्र भनिएतापनि वास्तवमा विभिन्न प्रकारबाट हतकण्डा अपनाएर विभिन्न तत्वले यो मुलुकमा लामो समयदेखि अराजकता, अस्थिरता मच्चाउने र यहाँका शासकहरुलाई प्रलोभनमा पार्ने देखि लिएर विभिन्न तवरले आफ्नो कब्जामा ल्याई आफ्नो स्वार्थ पुरा गर्ने काम धेरैले गरे ।

यस्तो श्रृखलामा भारत पनि प्रत्यक्ष रुपमै मुछिँर्दै आएको पाउन सकिन्छ । ०६२÷६३ सालको आन्दोलनपछि राजतन्त्र हटेपछि गणतन्त्र स्थापना भयो । त्यसपश्चात नयाँ व्यवस्था आएपछि यहाँका नेता तथा नेतृत्वकर्मी खुसी भएको अवस्था थियो । तर त्यती बेलै भारतले यहाँ नयाँ योजना लागु ग¥यो । उसले एउटा एनजिओमार्फत पैसा पेलेर तराईमा आन्दोलन उतिबेलै मच्चाएको थियो । त्यसमा ५० जना मारिएका थिए ।
अहिले पनि म दावाका साथ भन्छु, तराईको आन्दोलनलाई भारतले पूर्ण रुपमा नेतृत्व गरेको छ । उसले हरेक हथकण्डा अपनाएर मधेसीलाई उक्साई रहेको अवस्था हो । नेपालमा संघीय प्रणाली ल्याउनुपर्छ भन्ने ग्रान्डडिजाईन विदेशी मुलुककै हो । शीर्ष ४ दलले देशलाई संघीयता आवश्यक छ कि छैन भन्ने नबुझी पैसामा बिकेर जबर्जस्त अरुको स्वार्थपुर्तिका निम्ति संघियता ल्याएका हुन् । तराईमा निम्तिएको सम्प्रदायीकता भड्काउन उनीहरुको ठुलो भुमिका छ ।

राष्ट्रिय जनमार्चाले भन्दै आएको ‘संघीयताले देश टुक्रन्छ’ भन्ने कुरा पुष्टि हुँदैछ । अब हेर्दै जाऔँ संघीयता नेताहरुले खारेज नगरी जबर्जस्त देशमा लागु गर्न खोजे देश सिक्किमीकरण, सुडान जस्तो टुक्रटुक्रा हुने निश्चित छ । भाईभाई बीच नेपालमा जातीय द्धन्द फैलिएर फेरी ठुलो संख्यामा मान्छे मर्ने छन् ।
म फेरि पनि भन्छु, संघीयता खारेज गरी नयाँ संविधान लागु गर्न शीर्ष नेता सचेत हुन जरुरी छ । यदी हाम्रो कुरा लत्याई देशमा विभिन्न खाले दंगा फैलिए त्यसबाट आउने परिणामको जिम्मा यिनै शीर्ष दलले लिनै पर्छ । संघीयता देशमा आवश्यक छैन । यसले देशलाई टुक्र्याउने र विदेशी हस्तक्षेपलाई बढाउने मात्र काम गर्छ भन्ने हाम्रो ठम्याई हो ।

संविधान जारी भएपछि भारतले नेपालप्रति देखाएको व्यवहारलाई कसरी हेर्नु भएको छ  ?
भारतीय शासकहरुले नेपाललाई कहिल्यै पनि राम्रो दृष्टिले हेरेन, त्यो प्रष्ट छ । तरपनि नेपाली जनता र भारतीय जनताबीचको सद्भाव अटुट छ, यसमा दुईमत नै छैन । भारतले नेपालमा विस्तारवादी सोच पहिले देखिनै राख्दै आएको कुरा छर्लङै छ ।
अहिले नेपालमा बनाईएको संविधान आफुलाई चित्त बुझेन भनेर नाकाबन्दी गर्ने काम जसरी गरिरहेको छ, यो अत्यन्तै निन्दनीय र घृणित काम गरेको छ । दुई देश बीचको आपसी सद्भावलाई भारतले गरेको अघोषित नाकाबन्दीले खलबल्याउन ठुलो मद्दत पुगेको छ । अन्तराष्ट्रिय महासन्धी विपरित भारतले गरेको यो प्रोपोगान्डाको म घोर विरोध गर्छु । भारतले तत्काल आफ्नो यस्तो हर्कत बन्द गर्नुपर्छ ।

त्यसो भए तराईमा देखिएको आन्दोलनलाई कसरी सहजीकरण गर्नुपर्ला  ?
तराईमा देखिएको आन्दोलनलाई सत्तादारी दलहरुले जायज मागहरु छुट्याई सम्बोधन गर्नुपर्छ । भारतीय विस्तारवादीहरुले अर्बौै धनराशी खर्च गरेर देश टुक्र्याउन मधेशी जनतालाई उक्साएर आन्दोलन गर्न दवाब दिईरहेको प्रष्ट छ । सरकारले मधेसी जनताको जायज मागलाई सम्बोधन गर्ने र देश विखण्डमा पार्ने खालको कुनै सम्झौता गर्नु हुर्दैन । मधेसी जनता मधेसका धर्तीपुत्र, जन्मदाता भएकाले उनीहरुको जायज मागको सम्बोधन गर्न सरकार प्रतिबद्ध हुनुपर्छ भन्ने मेरो धारणा छ ।

नेपाल भारत चको सम्वन्धलाई केलाउँदा कसरी केलाउनुहुन्छ  ?
भारतीय पक्षले नेपाल र नेपालीमाथी विभिन्न तवरबाट निर्मम प्रहार गरिरहेको देखिन्छ । अहिले पनि भारतकै कारणले हाम्रो स्वाधीनता इतिहासकै कालखण्डमा अहिले अप्ठारोमा छ । नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएर गरेका बाचा कति पुरा भए, त्यसको हिसाव किताब नेपाली जनताले गर्न बाँकी छ । उनी आएर पहिलेदेखि नै बिग्रिएको नेपाल भारत बीचको सम्वन्धलाई मिठो बोलीले त सुधार्न खोजे तर केही गरेनन् । नेपालीलाई ललिपप देखाएर फकाउन खोजेका जस्तो देखियो ।

उनले साच्चै नै नेपालीको भलो चाहन्थे भने मिचिएको सिमा फिर्ता गर्छु भन्नुपथ्यो, लामोसमयदेखी भारतले गदैं हस्तक्षेप अन्त्य भएको घोषणा गर्नुपथ्यो, तर उनले त्यसो गरेनन् । साँच्चै नै नेपाल र भारत बीचको सम्वन्ध सुदृढ राख्ने हो भने भारतीय शासकहरुले जहिले पनि नेपाललाई आफ्नो कब्जामा राख्न खोज्ने परिपाटीको तत्काल अन्त्य गर्नुपर्छ ।

नेपाली जनता कसैको अधिनमा नभई आफ्नो स्वाभिमानमा बाँच्न चाहन्छन् भन्ने भारतले राम्रोसँग बुझेर आफ्नो विचार र व्यवहारमा परिवर्तन ल्याउन सके नेपाल र भारत बीचको सम्वन्ध अटुट हुन सक्छ । होईन भने भारतीय विस्तावादको अधिन भित्र नेपाली जनता बाँच्न चाहन्छन् ।

भारतले किन नेपालको मामिलामा हस्तक्षेप गर्दै आएको होला ? उसका स्वार्थहरु के के हुन सक्छन्  ?
भारतीय १ करोड  नेपाली भूमिमा छन् । उनीहरुलाई नेपाली नागरिकता दिन भारत उद्यत छ । भारतले हामी स्वाभिमानी नागरिक हौं भन्ने अझै बुझ्न नसकेको हो कि भन्ने मेरो विचार छ । उसले हरेक मामिलामा हस्तक्षेप गर्दै आएको छ । आफ्नो अधिनमा नेपाललाई राखी यहाँका नागरिकलाई महाराष्ट्र भारतमा मिसाउन उसले खोजिरहेको छ ।

यो अभियानलाई भारतले तराईबाट थालेको हो । उसले तराई माथी आखाँ लगाई रहेको छ भन्ने यहाँका नेतृत्वकर्मीले बुझेका छन तर उनीहरुले बुजपुचुई रहेका छन् । तराई हुर्दै विस्तारै सिङो नेपाललाई आफ्नो देशमा गाम्न भारतले खोजेकै हो । यहाँका महत्वपूर्ण चिजलाई उसले आफ्नो बनाउन खोजेको छ तर यहाँका नेतृत्वकर्मीहरु सचेत छैनन् । यसले गर्दा नेपालको स्वाधिनता इतिहासकै संकटमा परेको जनमोर्चाको ठहर हो ।
२००७ सालपछि भारतले कोशी, गण्डकीजस्ता धेरै खाईसकेको छ । त्यो जलस्रोतमा उनीहरुले स्थायी कब्जा जमाई सकेका छन् भने उसको स्वार्थमा यहाँका उद्योग धन्दा चल्न नदिने र फस्टाउन नदिई भारत निर्भर बजार बनाउन उ उद्धत छ । देशको स्वाधिनता अप्ठारोमा परेका बेला किन नेतृत्वकर्मी सचेत छैनन म आश्चर्यचकित छु ।

किन चित्रबहादुर केसी सत्तामा जान खोज्दैन् ? तपाईलाई सत्तामा जान मन लाग्दैन्  ?
सत्ता भनेको देशको निम्ती काम गर्ने भन्दापनि नेपालको परिवेशमा भ्रष्टाचार गर्न जाने परिपाटी छ । राजमोले त्यस्तो गर्न जान्दैन । र, चित्रबहादुरलाई त्यस्तो गरेर कमाएको कालो धन पच्न पनि पच्र्दैन । नेपाली जनताका मुद्दा बाहिरै बसेर मैले उठाई रहेको छु । जहिले जनमत राम्रो पाउछु जनताले सत्तामा पु¥याउनेछन् त्यही समय हामी आफ्नो भिजन लिएर सत्तामा पुगी नेपाली जनताको निम्ती काम गर्नेछु । अहिले सत्तामा गएर भुसको आगोमा सल्कनु भन्दै बाहिरै बसेर काम गर्छु ।

अन्त्यमा…
नेपाली नेतृत्वकर्मीहरुले सत्तामोह त्यागी नयाँ संविधान देशमा बनेको छ अब आर्थिक क्रान्तिमा जोड दिउन् मेरो शुभकामना छ । देशको अस्मिता र स्वाधिनता जोगाउन हामी सवै उद्धत हुन आग्रह गर्दछु ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी