सरकारले दसैँको लागि घर जान आवश्यक सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने भएको छ। दसैँको समयमा घर जानबाट वञ्चित नहुन भनेर निजी सवारी साधनलाई समेत पेट्रोलियम पदार्थ दिन लागेको हो। स्रोतका अनुसार निजी सवारी साधन मोटरसाइकल र कारलाई पेट्रोलियम पदार्थ दिइनेछ।
तेल कुन दिनदेखि वितरण गर्ने भन्ने टुंगोमा भने नपुगेको स्रोतले बतायो। ‘दसैँमा सर्वसाधारणलाई घर जान कुनै अवरोध नहोस् भनेर निजी सवारी साधनलाई समेत पेट्रोलियम पदार्थ दिने बारेमा छलफल भएको छ। तर अहिलेसम्म कुनै निर्णय भइसकेको छैन,’ आयल निगमका प्रवक्ता दीपक बरालले पहिलोपोस्टसँग भने, ‘दसैँको केही दिनअघि तेल दिएर सहज बनाउने तयारी भएको छ।’
निजी सवारी साधनलाई कति परिमाणको इन्धन दिने भन्ने पनि तय भएको छैन। स्रोतका अनुसार निजी सवारी साधनलाई पेट्रोल वितरणको लागि निजी पेट्रोल पम्पलाई समेत दिने तयारी छ।
अहिले पेट्रोल सुरक्षा निकाय, साझा र नेशनल ट्रेडिङका १० वटा पम्पबाट मात्र वितरण हुँदै आएको छ।
पेट्रोलियम पदार्थको अभावमा यातायात व्यवसायीले दशैका लागि अग्रिम बुकिङ समेत गरेका छैनन्। निगमले लामो दूरीमा चल्ने सार्वजनिक यातायातलाई प्राथमिकता दिएर तेल दिने तयारी गरेको छ।
‘लामो दूरीमा चल्ने सवारी साधनलाई डिजलको कोटा निर्धारण गरेका छैनौँ। दसैँका लागि ती सवारी साधनलाई सहज बनाएर तेल दिइनेछ,’ थानकोट डिपो प्रमुख रविन शर्माले भने, ‘उपत्यका बाहिर रहेका व्यक्तिहरु दसैँ मनाउन घर जाने वातावरण तयार गर्नुपर्छ। हामीले मौज्दातमा भएको तेललाई सही व्यवस्थापन गर्न खोजिरहेका छौँ।’
अहिले उपत्यकाबाहिर रहेको डिपोबाट तेल ल्याएर यहाँ व्यवस्थापन गरिरहेको छ। भारतको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको चरम अभाव भएपछि अत्यावश्यक, सार्वजनिक, सुरक्षा निकायबाहेकका सवारी साधनलाई मात्रै पेट्रोलियम पदार्थ वितरण गरिएको छ।
यसैबीच नेपाल आयल निगमले आज विज्ञप्ति जारी गर्दै अर्को व्यवस्था नहुन्जेल यस्तो व्यवस्था गरी तेल बाँड्ने जनाएको छ। यसमा निजी सवारी साधन र मोटरसाइकललाई पेट्रोलियम पदार्थ बाँड्ने व्यवस्था छैन-
‘जानकारी छैन’
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने दसैँमा चल्ने सवारी साधनको लागि पेट्रोलियम पदार्थ दिने बारेमा कुनै जानकारी नभएको बताएको छ।
‘हामीलाई अहिलेसम्म कुनै जानकारी छैन । यो पल्ट दसैँमा जान पाउने/नपाउने कुनै टुंगो छैन,’ महासंघका महासचिव सरोज सिटौलाले भने, ‘अहिले सामान्य रुपमा पम्पमा लाइन बसेर तेल भरेर बसेका सवारी साधन चलिरहेका छन्।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्