Skip to content
LAXMI SUNRISE BANK

भारतको अर्को कठोर वचन, ‘हामी तेल दिँदैनौं, अन्तबाट ल्याए सहदैनौं’

अर्थ सरोकार

नेपालमाथि लगाएको अघोषित नाकाबन्दी हटाएको घोषणा गरेको भारतले दुई दिन नबित्दै बोली फेरेको छ ।

भारतले नेपालको संविधान संशोधन नभएसम्म नाकाबन्दी नहटाउने चेतावनी दिएको छ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग भएको छलफलमा भारतीय विदेश मन्त्रालयले यस्तो चेतावनी दिएको हो ।

भेटवार्ताका क्रममा भारतले तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थ ल्याउने कुराको पनि विरोध गरेको छ ।

राजदूत उपाध्यायले आइतबारमात्रै आफूहरुलाई भित्तामा पु¥याउने कोशिस भए अन्य मुलुकबाट पेट्रोलियम पदार्थ ल्याउन बाध्य हुने बताएका थिए ।

सो कुराप्रति भारतीय विदेश मन्त्रालयले आपत्ति जनाएको छ । मन्त्रालयले शीर्ष नेतृत्वको आदेश भन्दै तत्काल नाकाबन्दी नहटाउने चेतावनी दिएको हो ।

यो सँगै भारतले नेपालमाथि थप संकट खडा गर्न खोजेको प्रष्टिएको छ । भारतले आफू पनि पेट्रोलियम पदार्थ नदिने र अन्यत्रबाट ल्याउन पनि नदिने दोहोरो रणनीति लिएको देखिएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK