×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ प्रचण्डको चीन भ्रमणको रहस्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

यस्तो छ प्रचण्डको चीन भ्रमणको रहस्य

Artha Sarokar

१९ आश्विन २०७२, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यही असाेज २८ गते चीन भ्रमणमा जान लाग्नुको खास कारण के हो भन्ने कौतुहलता आम मानिसहरुमा छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागद्वारा आयोजित ‘सिल्क रोड’सम्बन्धी एसियाली राजनीतिक दलहरुको विशेष सम्मेलनमा सहभागी हुन प्रचण्डको भ्रमण औपचारिक रुपमा तय भएपनि उनको यस भ्रमण नेपाल र छिमेकी मुलुकहरुसँगको सम्बन्ध काफी फेरबदल ल्याउन सहयोगी हुने राजनीतिक वृतमा चर्चा चल्न थालेको छ ।

छिमेकी भारतले नाकाबन्दी लगाएको र मुख्य त इन्धन समस्याले मुलुकमा हाहाकार चलिरहेको बेलामा चिनबाट इन्धन ल्याइनुपर्ने माग आम मानिसहरुमा छ । नेपालमा जारी संविधानको औपचारिक रुपमा स्वागत सम्म नगरेको भारत नेपाललाई एकातिर नाकाबन्दी लगाएर बसेको छ भने अर्कोतिर चिनले स्वागत गर्नुको साथै अप्रत्यक्ष रुपमा भारतीय नाकाबन्दी लागेपनि चिनबाट सहयोग हुने आश्वासन दिइसकेको छ ।

संविधान निर्माणबाट असन्तुष्ट भारतलाई ठाडो ठाडै आफ्नो आन्तरिक मामलामा हस्तक्षेप नगर्न आग्रह गरेका प्रचण्डलाई दक्षीणि छिमेकी भारतले नेपालको राजनीतिक नेतृत्वमा सबैभन्दा प्रतिकुल नेता भनेर बुझ्ने गर्दछ ।

प्रचण्डको आसन्न चिन भ्रमण सार्वजनिक भएसँगै नेपालसँग जोरी खोजिरहेको भारतको प्रतिकृया सार्वजनिक नभइसकेपनि बदलिन सक्छ । भारतले अहिले जारी नाकाबन्दीबाट पछाडी फर्कन या झन कडा रुपमा प्रस्तुत हुन प्रचण्डको चिन भ्रमणले भारतलाई वाध्य पार्छ । एक कुटनितीक विश्लेषक भन्छन्, –‘यो भ्रमणले भारतलाई मनोबैज्ञानिक दवावमा पार्छ’  ।

केके गर्न सक्छन् प्रचण्डले ?

चिनले एमाओवादी अध्यक्ष प्रचण्डलाई भाइचारा सम्बन्धका कारण पनि विश्वास गर्छ । उनलाई विश्वासका अलावा उच्च महत्वसमेत दिने गरेको छ ।

चिन भ्रमणमा प्रचण्डले चिनका राष्ट्रपति तथा प्रधानमन्त्री लगायतका उच्च राजनीतिक नेतृत्वसँग भेट गर्न सक्छन् । उनको भ्रमणमा हुने छलफलका एजेण्डा तथा आन्तरिक पक्ष सार्वजनिक नभएपनि उनले पछिल्लो समय भारतीय नाकाबन्दीका विरुद्ध चिनको सहयोग तथा नेपाललाई इन्धनमा आत्मनिर्भर बनाउने सम्बन्धमा चिनको सहयोगात्मक भुमिकाका सम्बन्धमा छलफल हुन सक्छ ।

स्रोतका अनुसार प्रचण्डको भ्रमणको शिर्षक एउटा भएपनि खासमा उनि चिनसँग उनको नजिकको सम्बन्धमा अझै सुमधुर तुल्याउन चाहन्छन् । र उनी यसपटकको भ्रमणका क्रममा नेपालको पछिल्लो समस्यामा परिणाम आउने गरी चिनको सहयोग प्राप्त गर्ने योजनामा हुनेछन् ।

भारतसँगै झन टाडिन्छन् प्रचण्ड

दक्षिणी छिमेकी भारतसँग प्रचण्डको सम्बन्ध जहिल्यै अविश्वास र वाध्यात्मक छ  । जनयुद्धकालिन समयमा भारतीय भुमि प्रयोग भएको सम्बन्धलाई लिएर प्रचण्डका बारेमा अनेक टिकाटिप्पणी भएपनि उनी भने भारतको सहयोग थियो भन्ने कुरा ठाडै अस्विकार गर्छन् । बृहत शान्ति सम्झौतापछि पनि प्रचण्डको सम्बन्ध राम्रो बन्न सकेन ।

सेनापति प्रकरण तथा पशुपतिमा भारतीय पुजारी प्रकरणबाट चिढिएको भारतले प्रचण्डलाई राजनीतिक रुपमा सिद्याउन जहिल्यै कोशिष गर्र्यो तर सकेन । प्रचण्डका विरुद्ध प्रचारात्मक रुपमा भ्रम फैलाउने काममा भारतको हात रहेको प्रचण्ड बुझाई रहेको माओवादी नेताहरु बताउँछन् ।

संविधान निर्माणको पूर्वसन्ध्यामा भारतले भ्रमणमा निम्ता गरेको प्रचण्डलाई केही समय संविधान निर्माणको प्रक्रिया रोकि आफ्नो चासो सम्बोधन गर्न सुझाएको थियो ।

चलाख प्रचण्डले भारतीय योजना बुझेपछि हतारहतार संविधान निर्माणको पहलकदमी लिएर भारतलाई ठाडै अस्विकार गरिदिए । कुटनितीक स्रोतहरुका अनुसार भारत संविधानका अन्तर्वस्तुमा भन्दापनि भारतिय भुमिकालाई नेपालमा पछिल्लोपटक स्थान नदिएको भन्दै रिसाएको हो ।

भारतले गरेको अघोषित नाकाबन्दीको खुलेआम विरोध गर्ने उच्च तहका नेतामा प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओली मात्रै हुन् ।

प्रचण्डको चिन भ्रमणले भारत र प्रचण्डविचको विग्रिएको सम्बन्ध झन खराव बनाउन सक्छ । तर प्रचण्डले भारतीय नाकाबन्दीको विरुद्धमा चिनलाई इन्धन लगायतका अति आवश्यक वस्तु ल्याउन  मनाउन सकेभने भारतसँग बिग्रने सम्बन्धले प्रचण्डलाई खासै असर नगर्न सक्छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी