×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कति माग्यो निगमले भारतसँग क्षतिपूर्ति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कति माग्यो निगमले भारतसँग क्षतिपूर्ति

Artha Sarokar

१९ आश्विन २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  पेट्रोलियम पदार्थ आयात १५ दिनदेखि ठप्प हुँदा ८७ करोड रुपैयाँ घाटा भएको भन्दै नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई क्षतिपूर्ति दाबी गरेको छ । नागरिक दैनिकमा समाचार छ ।

एनओसी र आइओसीबीच भएको ब्यापारिक सम्झौता (बिटुबी) सम्झौता अनुसार क्षतिपूर्ति भर्न निगमले पत्र लेखेको हो ।

सम्झौतामा एनओसीले माग गरेअनुसार तेल आइओसीले उपलब्ध नगराए क्षतिपूर्ति दाबी गर्न सक्ने छ । सोही सम्झौतामाथि टेकेर निगमले आइओसीलाई क्षतिपूर्ति उपलब्ध गराउन कडा पत्र लेखेको हो ।

बिटूबी सम्झौतामा दुबै पक्षले आपूर्तिमा कुनै अवरोध नगर्ने उल्लेख छ । तर, आइओसीले सम्झौताको उल्लंघन गरेपछि पत्र लेख्न बाध्य भएको निगमले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी