
हाईलाईट्स नेपालसंगको सहकार्यमा विधी प्रा. लिले नेपालमै पहिलोपटक अनलाईनबाटै नेपाली सिनेमा हेर्न सकिने सेवा हाम्रोमुभी डटकम सुरु गरेको छ ।
यस पोर्टलबाट विश्वभरमा रहका नेपालीले जहिलेसुकै नया“ र पुराना नेपाली चलचित्र हेर्न सक्ने छन् । यसमा चलचित्रका साथै ट्रेलर, पोस्टर र छोटा चलचित्र (सर्ट मुभी) समेत हेर्न सकिने छ ।
नेपाली चलचित्रप्रेमी दर्शकका लागि होम थिएटरको झल्को दिने सेवा सुरु गर्ने कम्पनी विधिले विश्वास लिएको छ । यसमा तत्काल २० वटा नेपाली चलचित्र राखिएका छन् । निकट भविष्यमै उच्च गुणस्तरका २ सयभन्दा बढी नेपाली चलचित्र अनलाइनमै उपलब्ध गराइने विधिका प्रमुख कार्यकारी अधिकृत सुवाष सापकोटा बताउँछन् । ‘भविस्यमा नेपाली चलचित्र हाम्रो मुभिबाटै रिलिज गर्ने व्यवस्था मिलाईने छ,’ सापकोटा भन्छन् ।
अनलाइनमा उपलब्ध चलचित्र हेर्न दर्शकले निश्चित शुल्क तिर्नु पर्ने छ । त्यसैगरी केही चलचित्र निशुल्क उपलब्ध हुनेछन् ।
हाम्रो मुभिको मुल उद्देश्य नेपाली चलचित्रमार्फत नेपाली संस्कृती संरक्षण र राष्ट्रिय एकता कायम गर्ने रहेको बताइएको छ । नेपाली चलचित्र विश्वबजारमा खस्किदो अर्थतन्त्रलाई उत्थान गरी बजार विस्तारमा हाम्रो मुभिले टेवा पु¥याउने हाम्रो विश्वास छ । नेपाली चलचित्र व्यवसायलाई आर्थिक रुपले सबल, अत्मनिर्भर र विश्वबजारमा उत्कृष्ट स्थानमा पु¥याउन अधुनिक प्रविधि प्रयोग गरिएको हो ।
अनलाइनमा पछिल्ला चलचित्रहरु लभसव, श्री ५ अम्बरे, माइ प्रमिस, द ट्र्याप, हनीमुन नाइटलगायतका चलचित्र उपलब्ध छन् । यस्तै बीर, छ एकान छ, झेली, स्टारलगायतका चलचित्र निशुल्क उपलब्ध हुने छन् ।