Skip to content
LAXMI SUNRISE BANK

अब नयाँ नेपाली चलचित्र अनलाइनमै हेर्न मिल्ने

अर्थ सरोकार

हाईलाईट्स नेपालसंगको सहकार्यमा विधी प्रा. लिले नेपालमै पहिलोपटक अनलाईनबाटै नेपाली सिनेमा हेर्न सकिने सेवा हाम्रोमुभी डटकम सुरु गरेको छ ।

यस पोर्टलबाट विश्वभरमा रहका नेपालीले जहिलेसुकै नया“ र पुराना नेपाली चलचित्र हेर्न सक्ने छन् । यसमा चलचित्रका साथै ट्रेलर, पोस्टर र छोटा चलचित्र (सर्ट मुभी) समेत हेर्न सकिने छ ।

नेपाली चलचित्रप्रेमी दर्शकका लागि होम थिएटरको झल्को दिने सेवा सुरु गर्ने कम्पनी विधिले विश्वास लिएको छ । यसमा तत्काल २० वटा नेपाली चलचित्र राखिएका छन् । निकट भविष्यमै उच्च गुणस्तरका २ सयभन्दा बढी नेपाली चलचित्र अनलाइनमै उपलब्ध गराइने विधिका प्रमुख कार्यकारी अधिकृत सुवाष सापकोटा बताउँछन् । ‘भविस्यमा नेपाली चलचित्र हाम्रो मुभिबाटै रिलिज गर्ने व्यवस्था मिलाईने छ,’ सापकोटा भन्छन् ।
अनलाइनमा उपलब्ध चलचित्र हेर्न दर्शकले निश्चित शुल्क तिर्नु पर्ने छ । त्यसैगरी केही चलचित्र निशुल्क उपलब्ध हुनेछन् ।


हाम्रो मुभिको मुल उद्देश्य नेपाली चलचित्रमार्फत नेपाली संस्कृती संरक्षण र राष्ट्रिय एकता कायम गर्ने रहेको बताइएको छ । नेपाली चलचित्र विश्वबजारमा खस्किदो अर्थतन्त्रलाई उत्थान गरी बजार विस्तारमा हाम्रो मुभिले टेवा पु¥याउने हाम्रो विश्वास छ । नेपाली चलचित्र व्यवसायलाई आर्थिक रुपले सबल, अत्मनिर्भर र विश्वबजारमा उत्कृष्ट स्थानमा पु¥याउन अधुनिक प्रविधि प्रयोग गरिएको हो ।

अनलाइनमा पछिल्ला चलचित्रहरु लभसव, श्री ५ अम्बरे, माइ प्रमिस, द ट्र्याप, हनीमुन नाइटलगायतका चलचित्र उपलब्ध छन् । यस्तै बीर, छ एकान छ, झेली, स्टारलगायतका चलचित्र निशुल्क उपलब्ध हुने छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK