Skip to content
LAXMI SUNRISE BANK

मेगा बैंकमा सेक्सकाण्ड

अर्थ सरोकार

मेगा बैंक लिमिटेडका मुख्य शाखाका प्रवन्धक शम्भुबहादुर थापाले त्यहाका केही महिला कर्मचारीहरुमाथि यौन हिंसा (सेक्सुअल भ्वाईलेन्स) गरेको भन्दै बैंकमा लिखित उजुरी परेको १० महिना बितेको छ । तर बैंकले हालसम्म ति कर्मचारीमाथि कुनै कारवाही गरेको छैन ।


बैंकमा कार्यरत बिभिन्न महिला कर्मचारीहरुमाथि यौनहिंसा गरेको बिषयमा महिला कर्मचारीहरुले उनीबिरुद्ध व्यवस्थापनमा उजुरी दिएका थिए । सो उजुरीबारे बैंकका कार्यकारी प्रमुख अनिलकेशरी शाह आफैले सिधै सुनुवाई गरेका थिए ।

प्रबन्धक थापाले ‘आफुले ति महिला कर्मचारीहरुमाथि यौनहिंसा नगरेको र मेगा बैंकमा यस्तो कुरा सामान्य मानिने गरेको’ तर्कसहितको जवाफ दिएका थिए । मेगा बैंकमा उच्च व्यवस्थापनमै रहेका व्यक्तिहरुको बिषयमा यस्तो कुरा पटक पटक उठ्ने गरेको छ । तर, लिखित उजुरी नै परेको सो बिषयमा सिईओ शाहले २७ जनवरी २०१५ को मितिमा मेमो उठाएर प्रवन्धक थापालाई बर्खास्त गर्न शिफारिश गरेका थिए । जबकी नियमावली अनुसार त्यस्तो काण्डमा सिधै बर्खास्त गर्नसक्ने अधिकार सिईओलाई नै छ ।
तर, सिईओ शाहले आफुले बर्खास्त नगरी सञ्चालक समितिलाई बर्खास्त गर्न शिफारिश गरेका थिए । त्यसपछी बसेको सञ्चालक समितिको बैठकमा उनलाई ‘सेक्युअल ह्यारेसमेन्ट’को अभियोगमा दोषी ठहर गर्दै बर्खास्त गर्ने एजेन्डा पेश भएको भए पनि बोर्ड बैठकले केही गरेन । जबकी कुनै कर्मचारीमाथि कारवाही गर्ने/नगर्ने बिषय बोर्डको अधिकारक्षेत्रको बिषय नै होईन । सिईओले नै कारवाही गर्नसक्ने पूर्ण अधिकार हुँदाहुँदै सिईओ शाहले आफु बच्नको लागि बोर्डलाई पन्छाएका थिए ।

मेगा बैंकमा महिला कर्मचारीहरु धेरै रहेको र त्यहाका माथिल्ला तहका पुरुष कर्मचारीहरुले महिलामाथि कुदृष्टी राखेको र यौनहिंसा गरेको कुरा बारम्बार बाहिर आउने गरेको छ । सो बैंकमा तल्ला तहका महिला कर्मचारीहरु आफु असुरक्षित रहेको बताउने गर्छन् । राम्रो अवसर, भनेको शाखामा सरुवा र प्रमोशनको लागि उनीहरुले राखेको अनुचित प्रस्ताव समेत स्विकार गर्नुपर्ने बाध्यतामा रहेको महिला कर्मचारीहरुको गुनासो छ । तर, लामो समयसम्म पीडित महिलाहरुले लिखित उजुरी भने गरेका थिएनन् । अति भएपछी केहीले उजुरी दिएका हुन् । पीडित महिलाको गोपनियताको हक सुृरक्षित गर्दै हामीले उनको नाम सार्वजनिक गरेका छैनौं ।
शम्भु थापाको हकमा बैंकमा लिखित उजुरी नै परेर छानवीन समेत भएको थियो । तर, सिईओ शाहले आफ्नो धेरैजसो अनुचित काम र रकम लेनदेनको काम उनै थापामार्फत गराउने गरेका कारण थापालाई उनको कमजोरी समेत थाहा थियो । सोही कारण शाहले बर्खास्त गरे आफुले पनि शाहको कर्तुत खोलिदिने धम्की थापाले दिएका थिए । सोही कारण डराएर शाहले आफ्नो अधिकारक्षेत्रभित्रको बिषय समेत मेमो उठाएर बोर्डमा पठाएका हुन् । तर, बोर्डले यसबारे छलफल गरेको भए पनि कुनै निर्णय नगरी था“ती राखेको छ ।
यतिखेर यो बिषय राष्ट्र बैंक पुगेको छ । राष्ट्र बैंकले मेगा बैंकमा भएको सेक्सुअल ह्यारेस्समेन्ट काण्डमा किन कारवाही नभएको हो ? भन्दै बैंकलाई स्पष्टिकरण समेत सोधेको छ । तर, बैंकले भने सो काण्डमा मुछिएका कर्मचारी हाल बैकिङ कसुर काण्डमा निलम्ब्नमा रहेका कारण बर्खास्तीको निर्णय नगरिएको जवाफ राष्ट्र बैंकलाई पठाएको छ ।

शम्भु थापा तिनै व्यक्ति हुन्, उनी मेगा बैंकको स्गापनाकालदेखि नै कान्तिपथस्थित मुख्यशाखा कार्यालयको प्रबन्धक थिए । उनैमार्फत बोर्ड र सिईओले अनेकन अनियमितता गर्ने गरेका थिए । उनलाई बोर्ड र सिईओको कर्तुत थाहा भएका कारण उनलाई कारवाही गर्न सबै डराएको स्रोतको दाबी छ । उनकै मिलेमतोमा टुरिज्म डेभलपमेन्ट बैंकले मेगामा खोलेको खाताबाट नक्कली चेकमार्फत नक्कली हस्ताक्षर गरी १ करोड ९ लाख रुपैंया झिकिएको थियो । सो काण्डमा धादिङ शाखाका प्रबन्धकको योजनामा निज थापा पनि संलग्न भएको प्रहरी अनुसन्धानमा पुष्टि भैसकेको छ । प्रहरीले उनलाई पक्राउ गरी बैकिङ कसुरमा मुद्दा चलाएको र उनी हाल धरौटीमा छुटेका छन् ।

नक्कली हस्ताक्षर पनि
मेगा बैंकभित्र सुशाशनको अभाव र व्यवस्थापकीय कमजोरी यति धेरै छकी त्यहाका कर्मचारीले जे पनि गर्न सक्छन् । बैंक लुट्नेदेखि नक्कली चेक र सेक्सकाण्ड समेतमा कर्मचारीहरु मुछिएकाछन् । उनै थापाले मुख्य शाखा कान्तिपथको प्रबन्धक रह“दा आफ्नी छोरी बिजया थापाको नाममा रहेको १००५०१६९२४८ नम्बरको बचत खाताबाट २०१४ नोभेम्बर १२ मा नियमबिपरित काउन्टरस्लिपबाट ५ लाख ३ हजार २३५ रुपैंया ट्रान्सफर गराएका थिए । जबकी काउन्टर स्लिपबाट एक पटकमा २५ हजारभन्दा बढी झिक्न नमिल्ने नियम छ । अझ सो कारोवारमा त बैंकका ब्यवस्थापकिय तहमा रहेका थापाले छोरीको खाताबाट आफैले हस्ताक्षर गरेर आफ्नी श्रीमती शंकरदेवी थापाको खातामा रकम ट्रान्सफर गराएर झिकेका थिए । जबकी उनले नक्कली हस्ताक्षर गरेर रकम निकालेको थाहा हु“दाहु“दै पनि बैंकले उनीमाथि कुनै कारवाही गरेको थिएन ।
( सेयर बजार साप्ताहिकमा प्रकशित ।)
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK