
रुपन्देहीको धकधई क्षेत्रमा मधेस आन्दोलनको समर्थन तथा वर्तमान शासनविरुद्ध विशाल विरोधसभालाई सम्बोधन गर्दै उनले प्राप्त लोकतान्त्रिक उपलब्धिलाई जोगाउन र नपुगेका अधिकारलाई पूर्णता दिलाएर केही दशक आर्थिक विकासबाट समृद्धी ल्याउनुपर्ने बताए । उनले भने, ‘तराई मधेस प्रचुर सम्भावना हुँदाहुँदै पनि यहाँका जनता गरिब छन्, युवा बेरोजगार भएर विदेसिएका छन्, यसको अन्त्य गर्नका निम्ति हामीले केही दशक सम्पूर्ण शक्ति केन्द्रित गरेर मुलुकमै उद्योग कलकारखाना खोलेर नेपाललाई हराभरा र समृद्ध बनाए ।’ उनले यही एजेन्डा पूरा गर्नका लागि नयाँ शक्तिको आवश्यकता रहेको बताए ।
उनले हिजोको पुरानो शक्तिले अबको आर्थिक क्रान्ति सम्भव नभएको भन्दै नयाँ शक्तिको निर्माण गर्ने धेयका साथ आफूले पुरानो पार्टी परित्याग गरेको बताए । नेता भट्टराईले सबैको सल्लाह लिएर मात्रै नयाँ शक्ति कस्तो र कसरी निर्माण गर्ने भन्ने टुङ्गो लाग्ने बताए । उनले आफूले छाडेको पार्टीलाई पुरानो भत्केको घर भन्दै त्यसमा कुनै पनि हालतमा नफर्कने बताए । ‘पार्टीहरु आवश्यकताअनुसार बन्छन्, आवश्यकता अनुसार भत्किन्छन्’, उनले भने, ‘अब हामी नयाँ युगमा प्रवेश गर्दैछौँ ।’
उनले एनेकपा (माओवादी) को एजेन्डा पनि पुरानो बन्यो, त्यो अब एउटा भत्केको घरसरह भइसक्यो, भूकम्पले भत्काएको घरमा जसरी रेड स्टिकर लाग्छ, त्यसरी नै एमाओवादी पार्टीमा पनि रेड स्टिकर लागेको छ र त्यो रेड स्टिकर लागेको घरमा बस्न जोखिमपूर्ण भएको कारण पार्टीबाट बाहिरिएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले मधेस आन्दोलनमा आफ्नो समर्थन रहेको बताउँदै आन्दोलन अझै पूरा भइनसकेको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्