कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले पनि राष्ट्रपतिले आग्रह गरेअनुसार सात दिनभित्र राष्ट्रिय सहमतिको सरकार नबन्ने संकेत गरेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ । यसअघि दलबीच राष्ट्रपति, प्रधानमन्त्री, सभामुखजस्ता पदमा भागबन्डा नभएको भन्दै उनले सहमति जुटाउन सक्ने दलको नेताको नेतृत्वमा सरकार बन्ने बताएका छन् । ‘दलबीच कुनै भद्र सहमति भएको थाहा छैन । पूर्ण सहमति कहीँ पनि हुँदैन । अधिकतम् सहमति गर्ने हो । जसको नाममा सहमति हुन्छ, उही प्रधानमन्त्री बन्छ,’ संविधान घोषणाको खुसीयाली र दसैँ, तिहार, छठ पर्वको शुभकामना आदान–प्रदान गर्न नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा देउवाले भने ।
उनले प्रधानमन्त्रीमा आफ्नो चर्चा भएकोबारे आफैँलाई थाहा नभएको बताए । ‘चर्चा हो कि हल्ला मलाई नै थाहा छैन,’ उनले भने । यद्यपि सरकारका विषयमा सभापति सुशील कोइरालासँग छलफल गर्न बाँकै नै रहेको उनले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्