
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयको ‘सहजीकरण’ पछि विदेश मन्त्रालयले सम्बन्धित भारतीय निकायहरुलाई नेपाल-भारत सीमा नाकाहरूमा आफ्नो तर्फबाट स्थिति सहज पार्न भनिसकेको अनौपचारिक जानकारी पाएको परराष्ट्रका एक उच्च अधिकारीले सेतोपाटीलाई बताए।
‘भोलिदेखिनै स्थिति सहज हुने अपेक्षा हामीले गरेका छौं,’ ती अधिकारीले भने, ‘अब ओभर टाइम गरेर भए पनि मेडिकल सामान, अक्सिजन, तथा इन्धन प्राथमिकताका आधारमा पहिले नेपाल ल्याउने सहमति भएको छ।’
वीरगंज नाका सहज हुन अरु केहि दिन लागेपनि अन्य नाका भोलिदेखिनै सहज हुने उनले बताए।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले दिल्ली फर्के लगत्तै शुक्रबार मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवललाई भेटेका थिए। उपाध्यायले डोवललाई नेपाल-भारत नाकामा सामानको आवजावत बन्द भएर नेपालमा आम नागरिकको जीवन कष्टकर भएको भन्दै सीमा तुरुन्त सहज बनाउन पहल गरिदिन अनुरोध गरेका थिए।
शनिवार सेतोपाटीसँग फोनमा कुरा गर्दै उपाध्यायले भने, ‘मैले यहाँ आएपछि भारतीय नेता र सम्बन्ध अधिकारीहरुलाई भेटेर सीमामा देखिएको समस्या तुरून्त हल गर अनुरोध गरेको छु। सरकार बीच देखिएका मतभिन्नताको समाधान हुँदै गर्ला तर जनताले दुःख पाउनु भएन भनेको छु।’
भारतीय अधिकारीहरुलाई उद्धृत गर्दै उनले भने, ‘हामीले नाकाबन्दी गरेको होइन, अनपेक्षित घटना घट्यो। नेपालीले जनताले दुःख पाउन भन्ने हाम्रो कुनै मनसाय थिएन। तर जनाताले दुःख पाए। त्यसमा हामी दुःखी छौं।’
सीमामा आवजावत कहिले सहज हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘छिटोभन्दा छिटो अहिलेको अवस्थाको अन्त्य हुन्छ र आपूर्ती पूर्ववत सहज हुन्छ।’
भारतीय प्रधानमन्त्री मोदीलाई पनि आफूले चाडैं भेटने उनले बताए। ‘उहाँसँग मेरो भेट नभए पनि प्रधानमन्त्री मोदी नेपालीले दुःख पाएकोमा धेरै दुःखी भएको मैले पाएको छु। कुनै पनि स्थितिमा नेपाली जनताले दुःख पाउनु हुदैन थियो भन्ने उहाँको मान्यता रहेको छ,’ राजदूत उपाध्यायले भने।
दिल्ली फर्किनु अघि राजदूत उपाध्यायले नेपालमा राजनीतक दल र मधेसी पार्टीका नेताहरूसँग परामर्श गरेका थिए। मधेसी नेताहरूसँगको आफ्नो छलफल उद्धृत गर्दै उनले भने, ‘मधेसी नेताहरुसँग मैले हातै जोडेर भने, हिजो हामी जनान्दोलनमा सँगै लडेका साथीहरु, जीवनभरि राजनीतिमा काम गरेका साथीहरूले मिलेर समस्याको समाधान गर्न सकेनौं भने भोलिको पुस्ताले हामीलाई धिकार्नेछ।’
सीमाङ्कनको मुद्दा बाहेक अन्य माग पूरा भएकोले मधेसी दललाई सहमतिमा आउन आफूले अनुरोध गरेको उपाध्यायले बताए।
‘दसमा नौ माग पुरा भएपछि त जनतालाई दुःख दिइराख्नु भएन। मधेसी दलका साथीहरुले पनि कम्तीमा नाका खोल्न सहयोग गर्नुपर्यो’, उनले भने।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्