Skip to content
LAXMI SUNRISE BANK

झारफुक गर्दा बालकको मृत्यु

अर्थ सरोकार

जिल्लामा विषालु सर्पको डसाइबाट एक बालकको मृत्यु भएको छ । मूलखोला– १ गर्चे देउरालीका गोरे बुढाका नौ वर्षीय छोरा शालिकराम वुढाको सर्पको डसाइका कारण मृत्यु भएको हो । घरमा सुतिरहेका बेला बालकलाई सर्पले डसेको थियो ।

जय नेपाल निमावि गर्चेमा कक्षा २ मा अध्ययनरत बालकलाई सर्पले टोकेपछि परिवारले झारफुक गरेको र निको नभएपछि सुर्खेतको मेहलकुना अस्पतालमा पु¥याउँदा बालकको मृत्यु भएको बालकका बुबा गोरे बुढाले बताए ।

स्वास्थ्य चौकीमा उपचार गर्नुभन्दा पहिले झारफुक गर्ने भएकाले गएको तीन महिनामा यस क्षेत्रमा सर्पको डसाइबाट पाँचजनाको मृत्यु भइसकेको छ । विषालु सर्पले डसेका दर्जन बढी व्यक्ति भने उपचारपछि निको भएको स्थानीयवासी दुर्गा विष्टले बताए ।  यस क्षेत्रमा सर्पदंशको उपचार गर्ने अस्पतालनजिक नहुँदा बर्सेनि यस क्षेत्रका नागरिकले ज्यान गुमाइरहेका छन् । रासस
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK