
नाका खुलेपछि बाह्बिसेदेखि मितेरी पुलसम्मको यातायात सूचारु भएको छ । डिभिजन सडक कार्यालय चरिकोटका इन्जिनियर रामहरी पोखरेलले उक्त सडकमा हाल ठूला गाडि एकतर्फी चल्ने र साना गाडी दुईतर्फी नै चल्ने जानकारी दिनुभयो ।
उहाँका अनुसार मालवाहक सवारी साधन भने एकहप्तापछि दुईतर्फी नै सञ्चालनमा आउने छन् । तातोपानी भन्सार कार्यालयका अनुसार भारतको अघोषित नाकाबन्दीलाई मध्यनजर गर्दै चीनले चाँडो भन्दा चाँडो अत्यावश्यक सामग्री ढुवानी गर्ने जनाएको छ । नाका खुलेपछि मालबाहक चिनियाँ सवारीहरु तयारी अवस्था रहेको बुझिएको छ ।
भन्सार कार्यालयका अनुसार शनिबार विहानैदेखि चीनले मालबाहक सवारी नेपाल पठाउने जानकारी गराएको छ । तातोपानी नाका उत्तरी छिमेकी मुलुक चीनसँग व्यापारिक कारोवार हुने ठूलो नाका हो ।
यस्तै, तातोपानी नाका खोल्न विहीबार मात्रै नेकपा एमालेको विद्यार्थी सँगठन अनेरास्ववियुको टोली तातोपानी आएको थियो । सय जनाको समुहमा आएका अनेरास्ववियुका विद्यार्थी टोलीको कडा श्रमदानमा तातोपानी खुलेको हो ।तातोपानी नाका खुलेपछि विद्यार्थी आजै राति काठमाडौं फर्किएको छ । अनेरास्ववियुका उपाध्यक्ष ऐन महरले तातोपानी नाका खुलाएर आफूहरु काठमाडौं फर्किएको जानकारी दिनुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्