×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बिरुद्ध नाकाबन्दी गर्ने भारतलाई गतिलो झट्का : चीनसँग जोडिएको तातोपानी नाका खुल्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल बिरुद्ध नाकाबन्दी गर्ने भारतलाई गतिलो झट्का : चीनसँग जोडिएको तातोपानी नाका खुल्यो

Artha Sarokar

१६ आश्विन २०७२, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लामो प्रयासपछि अन्ततः चीनसँग जोडिएको तातोपानी नाका सञ्चालनमा आएको छ ।भूकम्पपछिको पहिरोका कारण सडक अवरुद्ध भएपछि बन्द भएको नाका शुक्रबारबाट सञ्चालनमा आएको हो । सिन्धुपाल्चोकको बाह्बिसेदेखि मितेरी पुल सम्मको २९ किलोमिटर लामो कोदारी सडकमा रहेको करिब ८० प्रतिशत पहिरो हटाइएपछि नाका खुलेको हो ।

नाका खुलेपछि बाह्बिसेदेखि मितेरी पुलसम्मको यातायात सूचारु भएको छ । डिभिजन सडक कार्यालय चरिकोटका इन्जिनियर रामहरी पोखरेलले उक्त सडकमा हाल ठूला गाडि एकतर्फी चल्ने र साना गाडी दुईतर्फी नै चल्ने जानकारी दिनुभयो ।

उहाँका अनुसार मालवाहक सवारी साधन भने एकहप्तापछि दुईतर्फी नै सञ्चालनमा आउने छन् । तातोपानी भन्सार कार्यालयका अनुसार भारतको अघोषित नाकाबन्दीलाई मध्यनजर गर्दै चीनले चाँडो भन्दा चाँडो अत्यावश्यक सामग्री ढुवानी गर्ने जनाएको छ । नाका खुलेपछि मालबाहक चिनियाँ सवारीहरु तयारी अवस्था रहेको बुझिएको छ ।

भन्सार कार्यालयका अनुसार शनिबार विहानैदेखि चीनले मालबाहक सवारी नेपाल पठाउने जानकारी गराएको छ । तातोपानी नाका उत्तरी छिमेकी मुलुक चीनसँग व्यापारिक कारोवार हुने ठूलो नाका हो ।

यस्तै, तातोपानी नाका खोल्न विहीबार मात्रै नेकपा एमालेको विद्यार्थी सँगठन अनेरास्ववियुको टोली तातोपानी आएको थियो । सय जनाको समुहमा आएका अनेरास्ववियुका विद्यार्थी टोलीको कडा श्रमदानमा तातोपानी खुलेको हो ।तातोपानी नाका खुलेपछि विद्यार्थी आजै राति काठमाडौं फर्किएको छ । अनेरास्ववियुका उपाध्यक्ष ऐन महरले तातोपानी नाका खुलाएर आफूहरु काठमाडौं फर्किएको जानकारी दिनुभयो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी