
यहाँ यस्ता केही कारण प्रस्तुत गरिन्छ जो पढेर तपाइलाई आश्चार्य लाग्न सक्छ ः–
१) धेरैजसो केटाहरु आफ्नो अतितका नाता वारे आफ्नी प्रेमिकालाई खुलाउन चाहदैनन् । तर, असल, इमान्दार केटाहरु सबैकुरा खुलाएर मात्र आफ्नो नयाँ जीवन शुरु गर्न चाहन्छन् । यस्तोमा केटीहरुमा शंका उत्पन्न हुनछ । मलाई छोडेर फेरी उसैसंग त जाने होइन भन्ने शंका लागिरहन्छ । केटीहरु आफ्नो मनमनै प्रश्न गर्छन, कसैलाई छोडेर मसंग आएको हो भने मलाई पनि छोडेर अन्त जान सक्छ । यसले केटीको मनमा शंका र भ्रम पैदा गर्छ ।
२) धेरैजसो असल केटा कमाडिंङ प्रवृतिका हुन्छन् । उनीहरु आफ्नो जीवन साथीको धेरै हिसाव राख्छन् । धेरैजसो केटीलाई यस्तो मन पर्दैन । केटीहरु अरुले यसो गर्नु हुन्छ उसो गर्नु हुदैन भनेर अरुले अह्राएको मन पराउदैनन् । एकातिर केटा यसो गरेर आफ्नो साथीलाई सुरक्षित राख्न खोज्छन् तर, प्रायः केटीलाई यस्तो कुरा मन पर्दैन ।
३) असल केटा नियम कानुन अनुसार चल्छन् । त्यस्ता केटा आफूले जसरी नियम कानुन साथीले पनि मानोस र त्यही अनुसार चलोस भन्ने चाहन्छन् । तर, केटीहरु यति धेरै नियम कानुन र प्रतिवन्धको साथ टिक्दै टिक्दैनन् ।
४) आवश्यकताभन्दा ज्यादा पार्टनरको ख्याल गर्ने केटा पनि केटीहरुलाई मन पर्दैन । कतिपय अवस्थामा यस्तो ज्यादा वास्ता पनि केटीहरुलाई बंधनजस्तो लाग्छ । हरेक केटी आफ्नो तरिकाले बाँच्न चाहन्छन् । केटीहरुलाई माया, प्रेम त चाहिन्छ तर, आवश्यकताभन्दा बढी भएपछि झर्को मान्छन् र सम्वन्धै ताड्ने वारे सोच्न थाल्छन् ।
५) असल वा राम्रा केटा अरुले मानोस वा नमानोस उसले जे सोच्छ त्यही ठिक हो र उसले जे बोल्छ, गर्छ त्यही ठिक हो भन्ने खालका हुन्छन् । यस्ता केटासंग कुनै केटी टिक्न सक्दैनन् । – एजेन्सीको सहयोगमा