
प्रमुख राजनीतिक दलहरुले सहमतीय सरकार निर्माणको कसरत सुरु गरेका छन् । प्रधानमन्त्री सुशील कोइरालाले संसद बैठकमार्फत पदीय जिम्मेवारीबाट अलग रहने घोषणा गरेपछि यो कसरत सुरु भएको हो । कान्तिपुर दैनिकमा समाचार छ ।
विगतका भद्र सहमति मा दरार उत्पन्न नभए संविधान निर्माणका सहयात्री कांग्रेस, एमाले र एमाओवादीसहितका दलहरु सम्मिलित सरकार बन्नेछ । उक्त सहमतिअनुसार सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गर्नेछन् ।