Skip to content
LAXMI SUNRISE BANK

प्रकाशमान सिंहले भारतको गरे प्रसंसा, नाकाबन्दीबारे मुखै खोलेनन्

अर्थ सरोकार


उपप्रधानमन्त्री प्रकाशमान सिंहले संयुक्त राष्ट्र संघको ७० औं महासभालाई
शुक्रबार न्युर्योकमा सम्बोधन गर्ने क्रममा भारतले अहिले नेपालमाथि
लगाइरहेको चर्को नाकाबन्दीबारे अन्तर्राष्ट्रिय समुदायसमक्ष कुरा राख्न
सकेनन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
 
संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी भएको नयाँ संविधान आफू अनुकुल
नबनेको भन्दै रुष्ठ भारतले एक सातादेखि नाकाबन्दी लगाएपछि नेपालको जनजीवन
ठप्प भइरहेका बेला मन्त्री स
सिंहले नेपालका तर्फबाट त्यसबारे बोल्न सकेनन् ।
 
मन्त्री सिंहले वैशाखामा गएको भूकम्पमा भारतले गरेको सहयोगका लागि प्रसंसा
भने गर्न छुटाएनन् । यद्यपी सिंहले घुमाउरो भाषामा अतिकम विकसित मुलुकको
पारवहन सुविधा कुनै पनि बहानामा रोकिन नहुने भन्दै भारतकाृ नाकाबन्दीको
विरोध गरे । भारतको नामै किटेर  नाकाबन्दी लगाएको भन्न सकेनन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK