
भूकम्पपीडितको सहयोगार्थ विभिन्न क्षेत्रबाट अहिलेसम्म प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा छ अर्ब ८८ करोड सात लाख ७६ हजार आठ सय ५८ जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गत वैशाख १२ मा आएको भूकम्प र त्यसपछिका परकम्पले धनजनको ठूलो क्षति गरेपछि आजसम्म एक हजार दुइृ सय ३८ विदेशी दातृ निकाय, दूतावास, स्वदेशी तथा विदेशी सङ्घसंस्था, कर्मचारी, शिक्षकलगायतबाट सहयोगस्वरुप उद्धार कोषमा सो रकम जम्मा भएको हो ।
कोषमा एक करोडभन्दा बढी सहयोग गर्ने एक सय ३ दाताबाट पाँच अर्ब ७६ करोड २६ लाख १७ हजार चार सय ३९ प्राप्त भएको छ ।
यस्तै, चार सय २३ विदेशी दातृ निकायबाट तीन अर्ब ९५ करोड ४६ लाख १७ हजार १९६ प्राप्त भएको तथ्याङ्क छ ।
उक्त रकममध्ये गृह मन्त्रालयले विभिन्न समयमा रु १५ अर्ब ४० करोड १६ लाख निकासा लिएकामा अन्य मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयलाई ११ अर्ब ९८ करोड ७३ लाख ४६ हजार ०८६ उपलब्ध गराएको पाइएको छ ।
भूकम्पबाट पीडित, मृतकका परिवार, भत्केका घरको क्षति, औषधि खर्च, अस्थायी आवास, त्रिपाललगायतका शीर्षकमा आठ अर्ब १३ कारोड ११ लाख ७१ हजार ७१६ खर्च भइसकेको देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्