
स्थानीय प्रशासनको कडा सुरक्षा र स्थानीयवासीको सहयोगका छिमेकी जिल्लाहरु कपिलवस्तु र नवलपरासीका सीमा नाकाहरु बन्द हुँदा पनि बेलहिया नाका कुनै दिन बन्द भएन।
न त बेलहिया नाका भएर नेपाल प्रवेश गरेका कुनैपनि सवारी तथा मालबाहक गाडीमा तोडफोड नै भयो। स्थानीय प्रशासनले कडा सुरक्षाबीच नेपाल भित्रिएका सबै गाडीहरुलाई स्कटिङ गरेर गन्तव्यमा पुर्याईरह्यो।
आन्दोलनकै दौरान मधेशी मोर्चाका कार्यकर्ता र बेलहियावाशीबीचमा बन्द गराउने र बन्द खुलाउने विषयमा झडप भयो। झडपपछि स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले लगाएको निषेधाज्ञापछि बेलहिया नाका हुँदै नेपाल आउने गाडी र बुटवल भैरहवा चल्ने कुनैपनि सवारी साधन एकदिन पनि रोकिएनन्।
तर असोज ३ गते संविधान जारी भएसँगै मधेशी दलका नेता तथा कार्यकर्ताहरुले शुरु गरेको सीमा नाका केन्द्रीत आन्दोलन र भारतको अघोषित नाकाबन्दीले बेलहिया नाका पनि देशका अन्य नाका जस्तै ठप्प भयो।
शुरुका एकदुई दिन सामान आयातमा खासै प्रभाव नपरेको यो नाकामा असोज ७ गतेदेखि भने आयात ठप्प जस्तै बन्यो। ईन्धन, औद्योगिक कच्चा पदार्थ, निर्माण सामाग्री, कृषि सामाग्री, लत्ताकपडका, खाद्यान्न लगायतका गरी दैनिक ५ सयको हाराहारीमा भित्रिने मालबाहक गाडीहरु दिनमा एकदर्जनमा सिमीत भए।
तर विगत दुईदिन यता भने बेलहिया नाका केहि खुकुलो भएको छ।
कसरी खुकुलो भयो त बेलहिया नाका?
मधेशी मोर्चाको आन्दोलन शुरु भएसँगै रूपन्देही र भारतका महाराजगञ्जका स्थानीय सुरक्षा अधिकारीहरुका विचमा आन्दोलनकारीका गतिविधि र सुरक्षा अवस्थाको बारेमा बारम्वार टेलिफोन सम्वाद भईरहन्थ्यो।
महाराजगञ्जका प्रहरी प्रमुख डिएम सुनिल कुमार श्रीवास्तवले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालसँग भारतबाट सामान लिएर आएका गाडी र यात्रुहरुको सुरक्षाको बारेमा चासो दिन्थे। प्रमुख जिल्ला अधिकारी ढकालपनि नेपाल प्रवेश गरेपछिको सुरक्षा जिम्मा आफूहरुले दिने विश्वास दिलाउँथे।
तर अघोषित नाकाबन्दी पछि बेलहिया नाका भएर गाडी आउन बन्द भए। नेपालको लागि सामान लोड भएर आएका सयौं गाडीहरु सुनौली पारी नै रोकिए। यसलाई एकपटक रुपन्देही प्रशासनलाई महाराजगञ्जका प्रहरी प्रमुख सँग बसेरै छलफल गर्न दवाव दियो।
गत मंगलवार प्रमुख जिल्ला अधिकारी ढकालले महाराजगञ्जका डिएम श्रीवास्तवलाई फोन गरे। कारण जुनसुकै भएपनि स्थानीय स्तरबाट सुल्झाउन सकिने समस्या हामी आफै सुल्झाऊ। असुरक्षाको कारण गाडी रोकिएका हुन् भने नेपाल प्रवेश गरेपछिको सम्पूर्ण सुरक्षाको ग्यारेण्टी हामी दिन्छौं। यसमा भारतीय सुरक्षाकर्मीले कुनै चिन्ता लिनुपर्दैन तर रोकिएका गाडीहरु छोड्नु पर्यो।
महाराजगञ्जका डिएम श्रीवास्तवले यो विषयमा भेटेरै छलफल गर्ने चाहना राखे। बुधवार भेटघाट गर्ने समय नमिलेपछि विहीबार दुवैदेशका स्थानीय सुरक्षा अधिकारी, प्रहरी प्रमुख र भन्सार प्रमुखहरुको संयुक्त बैठक बेलहियामा बसेर स्थानीय स्तरमा देखिएका समस्या मिलेर समाधान गर्ने सहितका सहमती र प्रतिवद्धता व्यक्त भएका छन्।
भारतको महाराजगञ्जका डिएमले अन्य कारण नभई नेपालको तराई क्षेत्रमा भईरहेको मधेशी मोर्चाको आन्दोलनका कारण असुरक्षाका कारण गाडी नपठाएको बताएका थिए। तर रुपन्देही प्रशासनले सुरक्षाको प्रत्याभूति दिने गरी विश्वास दिलाएपछि गाडी आउँछन् भन्नेमा विश्वस्त रहेको छ।
जसअनुसार नै विहीबार २० वटा ईन्धन सहित डेढ सय बढी गाडी नेपाल भित्रिएका छन्। शुक्रबारपनि गाडी पठाउने क्रम जारी रहेको छ। भारतमा रोकिएका गाडी आयातमा भारतले रोक नलगाउने सँगै एउटा देशमा अपराध गरी अर्को देशमा गई बस्ने अपराधिक व्यक्तिहरुलाई कारवाहीमा सघाउने, चोरी पैठारी रोक्ने, मानव तस्करी, लागु औषध ओसार पसार लगायतका अपराधिक कार्यहरुलाई निस्तेज पार्न दुवै देशका सुरक्षा अधिकारीहरु मिलेर काम गर्ने सहमती भएको छ।
भारतमा यही अक्टुबर ९, १३, १७ र २९ तारिखमा हुने निर्वाचनको बेला नाका बन्द गर्ने र अपराधिक गतिविधि भए रोक्ने र जानकारी दिने पनि सहमती भएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्