
हो, बिहीबार साँझ त्यस्तै भयो । विरलै मात्रै एक ठाउँमा भेला हुने नेपालस्थित विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरुले अन्नपूर्ण होटलमा ओलीसँग दुई घन्टा बिताउँदै त्यो प्रश्न नसोधिरहन सकेनन् । उनलाई सोधियो, ‘भारतले तपाईं प्रधानमन्त्री भएको हेर्न चाहेको छैन भनिन्छ नि ?’
ओलीले अंग्रेजीमा उत्तर दिए, ‘आइ ह्याभ अल्सो हेयर्ड सच ¥युमर इन द मार्केट ।’ (मैले पनि बजारमा त्यस्तो हल्ला सुनेको छु ।)
अध्यक्ष ओलीले त्यस्ता हल्लामा विश्वास छैन । उनले अथ्र्याए, ‘तर म त्यसमा विश्वास गर्दिनँ । यो हाम्रो आफ्नो बिजनेस हो, कस्तो सरकार बनाउने र कसको नेतृत्वमा बनाउने ? हामी आफैँ निर्णय गर्छौँ ।’
भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीले कार्यक्रममा आफ्नो पुरानै अडान मात्र दोहो¥याएनन्, पदका लागि कसैसँग सम्झौता नहुने उद्घोष पनि गरे । उनको भनाइ थियो, ‘देशको हितबाहेकका कुरामा कसैसँग सम्झौता गरिँदैन, कुनै पदका लागि सम्झौता गरिँदैन ।’
मधेसमा जारी आन्दोलनप्रति अध्यक्ष ओली आक्रमक देखिए । भारतीय सञ्चारमाध्यका प्रतिनिधिहरु समेत रहेका कार्यक्रममा उनले स्पष्ट रुपमा भने, ‘पहिला हामीले चार जनाले सिफारिस गरेमा अंगीकृत नागरिकता दिने व्यवस्था ग¥यौँ । त्यसरी अंगीकृत नागरिकता लिएकाहरुले नै अहिले आन्दोलन गरिरहेका छौँ । पारी (भारत) तिर जान्छन्, खाना खान्छन् अनि दशगजामा आएर ढुंगा हान्छन् ।’ मधेसको प्रदर्शनमा आम जनताको नभई केही मानिसहरुको सहभागिता रहेको भन्दै ओलीले मधेसका जनताले पहिलो पटक यति धेरै अधिकार पाएको उल्लेख गरे ।
मधेसी नेताहरुले जनतालाई भड्काएको आरोप लगाउँदै अध्यक्ष ओलीले कसैको नाम नलिएर भने, ‘म वर्षौँदेखि यति ठूलो पार्टीको नेता छु । म अहिलेसम्म दुईपटक मन्त्री भएँ । तपाईंहरुले उहाँहरुलाई सोध्नूस्, उहाँहरु कतिपटक मन्त्री हुनुभयो ? त्यसबेला मधेसका लागि के के गर्नुभयो ?’ तस्बिर विष्णु रिजालको फेसबुकबाट ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्