×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डन पोस्ने ठेकेदार र डिजीको यस्तो कनेक्सन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

डन पोस्ने ठेकेदार र डिजीको यस्तो कनेक्सन

Artha Sarokar

१४ आश्विन २०७२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एकातिर सरकारका मन्त्रीहरुलाई प्रभावमा पार्ने र अर्कोतिर गुण्डा नाइकेहरु परिचालन गरी विकास निर्माणका काममा एकलौटी राज गर्न खोज्ने ठेकेदारहरुमाथि नेपाल प्रहरीले गुण्डागर्दी नियन्त्रण अभियान अन्तर्गत छानविनको दायरामा ल्याउने भएको छ ।

गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ को इन्काउन्टरपछि प्रहरीले अनुसन्धानका क्रममा ठेकेदारहरुले नै घैंटेलाई परिचालन गरेको पत्ता लगाइसकेको  छ । घैंटेलाई प्रधानमन्त्री सुशील कोइरालादेखि भौतिक योजना, निर्माण तथा यातायात मन्त्री विमलेन्द्र निधी र शिक्षा मन्त्री चित्रलेखा यादवसम्म कनेक्सन गराउने ठेकेदार हुन् रोसन कन्स्ट्रक्सनका सञ्जय गुप्ता ।

गुप्ताका कारण नेपाल निर्माण व्यवसायि महासंघमा नै विवाद बढ्न थालेको छ । गुप्ताकै डिजाइनमा एक वर्ष अघि सडक विभागको महानिर्देशक बनाइएका माधव कार्कीले अरबौंका निर्माणका ठेक्कामा गुप्ताकै निर्देशनमा काम गर्दै आएको एक व्यवसायिले बताए । यतिसम्मकी ठूला आयोजनाहरुको सडकका ठेक्कामा चलखेल गरी क्षेत्रीय कार्यालयका प्रमुख समेत फेर्ने हैसियत राख्छन् गुप्ता ।

महानिर्देशक कार्कीलाई डिजी बनाउँदा एक करोड दिनुपर्ने शर्त राखेका गुप्ताले घैंटे मारिनु दुई महिनाअघि मात्र झण्डै डेढ अर्वको तीनवटा ठेक्काबाट १० करोडको भागवण्डा गराएका थिए । जसमा कार्कीले पाउनुपर्ने रकममध्ये एक करोड गुप्ताले लिएको स्रोतको दावी छ । विराटनगरको सडकलाई ६ लेन बनाउने ठेक्का, बागमती ढल र जनकपुरको सडकको ठेक्कामा कार्टेलिङ भई गुप्ताकै मिलेमतोमा भागवण्डा गरिएको थियो ।

मन्त्रीद्धय निधी र यादव तथा महानिर्देशक कार्कीलाई हातमा लिई गुप्ताले विकास निर्माणका ठेक्काका कामहरुमा एकछत्र राज गर्दै आएका छन् । स्रोतका अनुसार गुप्ताले सिंचाई मन्त्रालयमा समेत ठेक्कापट्टा, सरुवा र बढुवामा चलखेल गर्ने गर्छन् । उनको अस्वभाविक सम्पत्तिको सम्बन्धमा पनि प्रहरीले छानविन गर्न लागेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

महानगरिय प्रहरी अपराध महाशाखा स्रोतले भन्यो–‘ गुण्डालाई हातमा लिएर ठेक्काको काम गर्ने दर्जनौं ठेकेदारहरुमाथि अनुसन्धान भइरहेको छ र दोषि भेटिएमा कारबाहीको दायरमा पर्छन् ।’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी