Skip to content
LAXMI SUNRISE BANK

चीनले पेट्रोलिमय पदार्थ दिन खोज्यो, सरकारले मानेन

अर्थ सरोकार

काठमाण्डु, १४ असोज– भारतले नाकाबन्दी गरेर ढुवानी रोकेपछि उत्तर छिमेकी चीनले पेट्रोलिय पदार्थ दिन चाहे पनि नेपालले लिन अस्विकार गरेको खुलासा भएको छ ।
नेपालका लागि चिनिया राजदूत ऊ चुन्ताईले प्रधानमन्त्री र आपूर्तिमन्त्रीसहित प्रमुख दलका नेतासमक्ष इन्धन दिन चीन तयार रहेको प्रस्ताव गरेका थिए ।

तर प्रधानमन्त्री सुशील कोइराला र आपूर्तिमन्त्री सुनीलबहादुर थापाले राजदूतको प्रस्ताव ठाडै अस्विकार गरेका हुन् ।

यद्यपि एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने राजदूतको प्रस्तावमा समर्थन जनाउँदै प्रधानमन्त्रीसमेत कुरा राख्ने बताएका थिए ।

नेपालले भारतसँग मात्र पेट्रोलियम ढुवानी सम्झौता गरेको छ । नेपाल र चीनबीच सम्झौता नभएकाले चीनबाट कपडा र दैनिक भपभोग्य सामग्री आयात हुने गरे पनि इन्धन आपूर्ति हुने गरेको छैन ।

चिनिया राजदूतले सम्झौताको ड्राफ्ट तत्काल उपलब्ध गराउन नेताहरुलाई भनेका थिए । स्रोतका अनुसार चीनबाट पेट्रोलियम ढुवानी गर्दा भारत थप चिढिने भएकाले तत्काल सम्झौता हुन नसक्ने जवाफ ओली र प्रचण्डलाई दिएका छन् ।

भारतले एक सातायता अघोषित नाकाबन्दी गरे पनि सरकारी तवरबाट त्यसबारे आधिकारिक धारणा बाहिर आएको छैन । बरु सरकारका केही वरिष्ठ मन्त्रीहरुले नै नेपालमा भारतले नाकाबन्दी नगरेको अभिव्यक्ति दिँदै आएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK