
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भने असोज १८ गतेदेखि बालुवाटार कार्यालयबाट नोट सटही सुविधा दिने छ।
‘यसपाली केन्द्रीय बैंकले सर्वसाधारणका लागि नयाँ नोटको कोटा पनि तोकेको छ,’ राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले बुधबार भने, ‘प्रत्येक व्यक्तिले २२ हजार रुपैयाँ बराबरको नयाँ नोट सटही सुविधा पाउने छन्।’
एक जना व्यक्तिले पाँच रुपैयाँ दरको दुई प्याकेट, १० रुपैयाँ दरको दुई प्याकेट, २० रुपैयाँ दरको दुई प्याकेट, ५० रुपैयाँ दरको एक प्याकेट र १०० रुपैयाँ दरको एक प्याकेट नोट सटही सुविधा पाउने छन्। एक प्याकेटमा एक सय वटा नोट हुन्छ।
राष्ट्र बैंकले नेपाली सेना, प्रहरी, कर्मचारीका लागि छुट्टै काउन्टरको व्यवस्था मिलाएको छ। उनीहरुले असोज २४ देखि कात्तिक २ गतेसम्म यो सुविधा पाउने छन्। कर्मचारीका लागि राष्ट्र बैंकले आफूले काम गरेको सम्बन्धित कार्यालयको पत्र ल्याएर औचित्यका आधारमा नयाँ नोट सटही सुविधा दिने छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्