
सोही बैठकलाई भर्खरै दिल्ली गएर पार्टीको पक्षमा लबिङ गरी फर्किएका सचिव प्रदीप ज्ञावालीले समेत ब्रिफिङ गरेका थिए । ‘र’ चिफ राजेन्दर खन्ना, प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशसचिव एस जयशंकर, भारतीय जनता पार्टीको स्वयम् सेवक संस्था आरएसएस प्रमुखसमेत ४ जनासँग भेटवार्ता भएको रहेछ । त्यसक्रममा उताबाट नेपालले ५० हजार सेना तराईमा परिचालन गरेको, त्यहाँबाट मधेसीमाथि दमन हुँदा हजारौं शरणार्थी भारत पस्ने डर भएको, तसर्थ बेलैमा हस्तक्षेप गर्नुपर्ने खाँचो रहेको बारे सरोकार राखिएको रहेछ ।
यसैबीच त्यहीबेला रुसी राजदूत डा. सर्गेई भ्यासिलिएभिचले केपी ओलीसँग अलग्गै दुई घण्टा र प्रचण्ड तथा प्रधानमन्त्री सुशील कोइरालासँग सामूहिक भेट गरी विकसित परिसथितिमा नआत्तिन, धैर्यधारण गर्न आग्रह गरेका छन् । उनकै सिफारिसमा हो रसियाले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा स्थायी सदस्य राष्ट्र बन्ने भारतीय मनोकांक्षालाई ब्रेक लगाईदिएको जनआस्था साप्ताहिकमा खबर छ ।
दोस्रो विश्वयुद्धपछि अमेरिका, चीन, रुस, फ्रान्स र बेलायत स्थायी सदस्य राष्ट्र छन् । बदलिँदो सन्दर्भमा आफूहरु पनि भिटो पावरसहित त्यसको सदस्य बन्न पाउनुपर्ने जापान, भारत, ब्राजिल र जर्मनीको माग छ । हामीले चाहिँ किन नपाउने भन्दै दक्षिण अफ्रिका पनि कराईरहेको छ ।
यसैका निम्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार न्यूयोर्कमा जी-४ राष्ट्रको बैठक डाके । तर त्यतिबेला नै अमेरिकाबाट निस्किने चर्चित पत्रिका वासिंगटन पोस्टले पहिलो पृष्ठमा ठूलो समाचार छापिदियो, ‘मोदीजीले एक वर्षमा संसारका सबैभन्दा धेरै राष्ट्र डुलेको रेकर्ड बनाउनुभयो तर आफ्ना छिमेकीलाईचाहिँ नराम्ररी चिढ्याउँदै हुनुहुन्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्