
मधेस आन्दोलनमा समर्थन गर्न जनकपुर गएका एमाओवादीका पुर्व नेता डा. बाबुराम बाबुराम भट्टराईले लालसलाम गरेनन् । उनले आन्दोलनमा आफ्नो समर्थन रहेको सन्देश दिन जनकपुर आएको बताएका थिए ।
उनले आफ्नो भाषणको अन्त्यमा जय नेपाल भन्दै नारा लगाएका थिए । जनकपुरको यात्री निवास अगाडि भेला भएका समर्थकलाई सम्बोधन गर्दै भट्टराई अब मधेसले देशको नेतृत्व गर्नु पर्ने बताए ।
मधेसका मुद्दालाई सम्बोधन गर्नका लागि संविधान जारी गर्नुभन्दा पहिले पनि आफूले धेरै पहल गरेको र तीनै दलका शीर्ष नेताहरुलाई पटकपटक आग्रह गरेको बताउँदै भट्टराई कसैले आफ्नो कुरा नसुनेको वताए । उनले पहाडी शासकले मधेसलाई सधै धोखा दिएकोले आफूमाथि पनि अविश्वास भएको उनले बताए ।