Skip to content
LAXMI SUNRISE BANK

४० वर्ष पछि बाबुरामले ‘लालसलाम’ छोडेर आज ‘जय नेपाल’ भने

अर्थ सरोकार

मधेस आन्दोलनमा समर्थन गर्न जनकपुर गएका एमाओवादीका पुर्व नेता डा. बाबुराम बाबुराम भट्टराईले लालसलाम गरेनन् । उनले आन्दोलनमा आफ्नो समर्थन रहेको सन्देश दिन जनकपुर आएको बताएका थिए ।

उनले आफ्नो भाषणको अन्त्यमा जय नेपाल भन्दै नारा लगाएका थिए । जनकपुरको यात्री निवास अगाडि भेला भएका समर्थकलाई सम्बोधन गर्दै भट्टराई अब मधेसले देशको नेतृत्व गर्नु पर्ने बताए ।

मधेसका मुद्दालाई सम्बोधन गर्नका लागि संविधान जारी गर्नुभन्दा पहिले पनि आफूले धेरै पहल गरेको र तीनै दलका शीर्ष नेताहरुलाई पटकपटक आग्रह गरेको बताउँदै भट्टराई कसैले आफ्नो कुरा नसुनेको वताए । उनले पहाडी शासकले मधेसलाई सधै धोखा दिएकोले आफूमाथि पनि अविश्वास भएको उनले बताए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK