
समस्याग्रस्त घोषणा हुनुअघि फाइनान्सको १८ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको फाइनान्सको तत्कालीन समयमा बजार पुँजीकरण २५ करोड रुपैयाँ रहेको थियो । स्टकमा फाइनान्सको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको १४ करोड रुपैयाँबराबरको १४ लाख कित्ता सेयर सूचीकृत रहेको छ । समस्यग्रस्त हुनुअघि फाइनान्समा ७३ करोड ७५ लाख ९० हजार रुपैयाँ कर्जा रहेको थियो । सो अवधिमा फाइनान्समा संस्थागततर्फ ३० करोड आठ लाख ४२ हजार रुपैयाँ रहेको फाइनान्समा व्यक्तिगततर्फ २४ करोड १७ लाख ४५ हजार रुपैयाँ निक्षेप रहेको थियो भने कुल खाता संख्या सात हजार चार सय ९१ रहेको थियो । फाइनान्स घोटाला प्रकरणको अभियोग लागेका फाइनान्सका तत्कालीन महाप्रबन्धक शिसम मल्ल, उदय चन्द्र मल्ल लगायतका व्यक्तिहरु अझै फरार रहेका छन् । उनीहरुमाथि राष्ट्र बैंक र केन्द्रीय अनुसन्धान ब्युरो समेतले बैंकिङ कसुरको अभियोग लगाएको छ ।
राष्ट्र बैंकले उक्त फाइनान्सलाई ०६९ असार मसान्तको उपलब्ध अपरिष्कृत वित्तीय विवरणको आधारमा गरिएको स्थलगत निरीक्षणको प्रारम्भिक प्रतिवेदनबाट पुँजीकोष सात दशमलव ८२ प्रतिशतले ऋणात्मक रहेको, कतिपय ऋणीसँग सम्बन्धित कर्जा फाइलहरु निरीक्षणका बखत उपलब्ध गराउन नसकेको, कर्जा स्वीकृत तथा नवीकरण गर्दा मूल्यांकन तथा विश्लेषण गर्ने नगरेको, तमसुकमा साक्षी नराख्ने, कर्जा सूचना नलिने, ब्याज पूरा असुल नगरी सावाँमै थप्दै जाने, सुरक्षणका रुपमा लिएको धितो कतिपय अवस्थामा दृष्टिबन्धक तमसुक नगरी ठाडो रोक्कामात्र गर्ने, केही ऋणीले कर्जा चुक्ता गर्नका लागि बुझाएको रकम ती ऋणीहरुको कर्जा खातामा जम्मा भएको नदेखिएको लगायतका कैफियत देखाउँदै समस्याग्रस्त घोषणा गरेको थियो ।
आर्थिक दैनिक थप लेख्छ, यसैबीच ललितपुर प्रहरीले सहकारी संस्था घोटाला प्रकरणका अभियुक्त राजु शाक्यलाई पक्राउ गरेको छ । तत्कालीन समयमा अन्नपूर्ण सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष राजु शाक्यलाई पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तउपर जिल्ला अदालत ललितपुरले सहकारी संस्था घोटालासम्बन्धी प्रकरणमा गत चैतमा चार वर्ष कैद सजाय तोकेको थियो । पक्राउ परेका शाक्यलाई कैद भुक्तानीको लागि जेल चलाल गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ललितपर उपमहानगरपालिका–१२ सानेपा स्यायी घर भएका शाक्यले उच्चरुपमा ब्याज दिने भन्दै रकम लिएर ठगी गर्ने गरेको अभियोग रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्