Skip to content
LAXMI SUNRISE BANK

के अनिल शाह पनि बाबुराम भट्टराईको ‘नयाँ शक्ति’मा जालान्?

अर्थ सरोकार

नयाँ शक्ति निर्माणको बहस गर्दै बएका र हालै एकीकृत नेकपा माओवादी छाडेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग आज बिहान बैंकर अनिल शाहले भेटे।

शाह आफै पनि नयाँ शक्ति निर्माणको विषयमा चासो राख्ने ‘राजनीतिक’ चेत भएका बैंकर हुन्। उनले बिभिन्न सञ्चार माध्यममा यसबारेमा लेख पनि लेखेका छन्। एमाओवादी छाडेपछि नयाँ शाक्ति स्थापनाको अभियानमा लागेको अनुमान गरिएका भट्टराईसँग यस्तै विचार राख्‍ने शाहले भेट्नुलाई महत्वपूर्ण मानिएको छ।

डा. भट्टराईले बोलाएपछि भेट्न पुगेका शाहसँग पूर्वप्रधानमन्त्रीले लामै भलाकुसारी गरे। कुराकानीबारे शाहले भने ‘अहिलेको समसामयिक राजनीतिदेखि नयाँ शक्ति स्थापनासम्मका कुराकानीहरु भए।’

तपाई पनि  नयाँ शक्तिमा जाने हो? भन्ने प्रश्नमा उनले भने ‘अहिले सोच बिचार गरेको छैन। भिजनसहित अगाडि बढ्न सकिने अवस्था रहेमा जान सकिन्छ। पुरानै ढर्राको पार्टी चलाउने भए ‘नयाँ शक्ति’ किन चाहियो?’

बाबुराम भट्टराईले माओवादी छाडेको घोषणा गर्दा तत्काल नयाँ पार्टी स्थापना नगर्ने बताएका थिए। तर पार्टी छाडेको चौथो दिननै शाहलाई बोलाएर नयाँ शक्तिका बारेमा छलफल गरे। भट्टराईसँग भेट गरेको तस्बिर शाहले फेसबुकमा सार्वजनिक गरेका छन्।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK