×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋषि धमला किन मधेस कार्ड बनिरहेका छन् ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ऋषि धमला किन मधेस कार्ड बनिरहेका छन् ?

Artha Sarokar

१२ आश्विन २०७२, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई भारतीय राजदुतावास र त्यहाँबाट पालितपोषित नेताको आफन्तकै रुपमा बेलाबेखत चर्चा गरिन्छ । अधिवेशन र निर्वाचन नगरी आजीवनजस्तै अध्यक्ष रहेका धमला यतिखेर मधेस आन्दोलनको भुइँफुट्टा पहाडी प्रवक्ता बनेर देखिएका छन् ।

राजनीतिक समस्याको समाधान राजनीतिक तरिकाबाटै हुनुपर्छ । तर रिपोर्टर्स क्लब र ऋषि धमला यतिखेर मधेसको आधिकारिक टुँडिखेलमा परिणत भइरहेको छ । उनको क्लबमा हरेकदिनजसो मधेस आन्दोलन ठीक भन्नेहरुको लाम देखिन्छ । नेपालीले ६५ वर्षपछि पाएको संविधानको स्वागतमा बोल्ने, मधेस आन्दोलनको शान्तिपूर्ण समाधानका विकल्प खोज्नेहरुले धमलाको क्बलमा स्पेस पाइरहेका छैनन् । यस्तै, मुलुक यस्तो नाकाबन्दीमा परेका बेला सरकारका मन्त्रीहरु ल्याउने, इन्धनको विकल्प, भारतसँग कुटनीतिक पहल, ठूला दलहरुसँग नागरिकको साथ भए पनि अभावले पिल्सिएका बेलाको समाधानबारे क्लबमा छलफल हुन छाडेको छ । लगातार मधेस आन्दोलनमा दमन भएको, आन्दोलनकारी भागेर भारतमा पुग्नु परेको मात्र समाचार उनको क्लबले उत्पादन गरेर धमलालाई राम्रैसँग भारतीय नमकको सोझो गर्ने अवसर मिलेको छ ।

विजय गच्छदारको लोकतान्त्रिक फोरम संविधान जारी हुनुअघि सहमतिमा आउनै लाग्दा यिनै धमलाले राती १ बजे फोरम महासचिव रामजनम चौधरीलाई फोन गरेर हस्ताक्षर गर्न रोक्न प¥यो भन्नेसम्म काम गरेको पत्रकार वृत्तमा चर्चा छ । राजनीतिक मुद्दामा राजनीतिक नेताहरु असफल भए, यसको क्षतिपूर्ति तिनैले तिर्छन् । तर, फुटको चेतावनीसमेत दिँदै गच्छदारलाई कमजोर बनाउने काममा धमलाले राती चौधरीलाई फोन गरेको हल्लामात्र पक्कै होइन ।

धमलाले नेपालमा समस्या समाधानका लागि सबैलाई क्लबमा ल्याउन् र यो समस्यामा मधेसमाथि भएको दमनको सपाट तस्बिर ल्याउन् । नामै नसुनिएका विभिन्न मोर्चाका पदाधिकारी ल्याएर उनले अरु भारतभक्ति नदेखाए हुने भन्ने कोणबाट बहस भएको धमलाले कहिले थाहा पाउलान् ?

मंगलबार पनि सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले राज्यले दमनका कारण पाँच हजार आन्दोलनकारी भारतको भूमिमा आश्रय लिइरहेको कुरा क्लबमा गएर भने । नेपाल मानवअधिकार सङ्गठनले गरेको अन्र्तक्रियामा बोल्दै महासचिव सुमनले संविधानले मधेसी जनतालाई अधिकारविहीन बनाएको आरोप लगाउँदै सरकार कूटनीतिकरुपमा असफल भएकाले भारतले नाकाबन्दी लगाउन बाध्य भएको दाबी गरे ।

यस्तो समाचार प्रवाह गर्ने धमलाले नेपाल र राष्ट्रियताप्रति चिन्तित छन् त ? प्रश्न उब्जिएको छ । त्यही कार्यक्रममा तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री गोविन्द चौधरीले सरकारले आपूmलाई दाता ठानेको र आन्दोलनकारीलाई भिखारी ठानेको हुनाले यस्तो समस्या आएको आरोप लगाए । संविधान आउनै नदिन सक्रिय भएर अदालतसम्म पुगेका अधिवक्ता दीपेन्द्र झाले मधेसमा ४२ दिनसम्म आन्दोलन हुँदासमेत सरकारले बेवास्ता गरेका कारण नाकाबन्दीसम्मको कदम चाल्न बाध्य भएको बताए ।

यो त भयो नै, नेपाली काँग्रेसबाट संविधानसभाको निर्वाचनमा उम्मेदवार भएका अधिकारवादी दिनेश त्रिपाठी र ऐनमौकाका गतिलो धारणा दिन नसक्ने र पछि मैले त्यतिखेर गरेको अनुमान फेल खाएकै हो भन्ने स्वघोषित नागरिक अगुवा डा. सुन्दरमणि दीक्षितले पनि मंगलबार शीर्षनेताहरुको कारण समस्या जन्मिएको बताए । संविधान बनेकामा स्वागत गरेनन् । समाधानको मसला के हुन सक्छ भनेनन् । अर्का अधिकारवादी चरण प्रसाईले तराईमा भइरहेको आन्दोलनको सम्बन्धमा दुवै पक्ष संयमित हुनु पर्ने बताए ।

संविधान बन्नुअघि नबन्ला कि भनेर यिनै धमला नेताको घरघर पुगेर संविधान जारी गर्न दबाब दिन्थे, अहिले यिनै धमला किन संविधान बनेपछि स्वागत गर्न नसकेर मधेस उचालिरहेका छन् ? जबकि मधेसको समसय समाधानका लागि के के भइरहेको छ भनेर सरकार, नेपाली काँग्रेस, नेकपा (एमाले)का शीर्ष नेतालाई पनि उनले क्लबमा लैजाने हैसियत राख्छन् । एमाओवादी नेता पनि आउँछन् । तर गुच्चा जत्रा हैसियतका नेता ल्याएर मधेस देखाउँदै किन धमला संविधानको भीमकाय घ्याम्पो फोर्न उदत छन् ? आमजनताले चिन्न खोज्दैछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी