Skip to content
LAXMI SUNRISE BANK

‘अहिलेको चर्को नाकाबन्दीको भित्री उद्देश्य राष्ट्रपति फेर्न नदिने हो’

अर्थ सरोकार

नयाँ संविधान अनुसार राष्ट्रपति परिवर्तन गर्न नदिने पक्षमा भारतले रणनीतिक चाल चलिरहेको कुटनीतिक  जानकारहरुले दाबी गर्न थालेका छन् । ‘भारत राष्ट्रपति फेर्न दिने पक्षमा छैन,’ भारत बुझेको दावी गर्ने एक कूटनीतिज्ञले दावी गरे । उनका अनुसार नाकाबन्दीको दबाव बढाउँदै लगेर संसद विघटन गराउनेसम्मको उद्देश्य भारतले बोकेको छ ।

अहिलेको चर्को नाकाबन्दीको भित्री उद्देश्य राष्ट्रपति फेर्न नदिने नै हो, तीन कुटनीतिज्ञले दाबी गरे । नाकाबन्दी चर्काएर राष्ट्रपति फेर्ने अवस्थासम्म पुग्न नदिने भारतको रणनीतिको भेउ भारतको दीर्घकालीन लक्ष्य नै नेपाललाई फिजीजस्तो बनाउने भएपनि तत्काल समाधानका लागि केही सूत्र अगाडि सार्ने बताइएको छ ।

भारतले वर्तमान संविधान –२०७२ अनुसार नै संसद विघटन गर्ने र चुनावी सरकार बनाउन बाधा अड्काउ आदेश जारी गर्नुपर्ने उद्देश्य राखेको छ । मधेसमा आन्दोलनरत दलहरुको सिर्फ एउटा माग पूरा गरेर नयाँ जनादेशमा जाने सर्त कांग्रेस, एमाले र एमाओवादीले मानेको अवस्थामा नाकाबन्दी खोल्ने र आन्दोलन स्थगित गराउने नयाँ दिल्लीको नयाँ सर्त हुनेछ ।

कतिपय जानकारहरुले चुनावी सरकार चलाउन खिलराज रेग्मीलाई नै अगाडि सारिन सक्ने बताएका छन् । यो स्थिति तब आउनेछ जब भारतको सर्त साझापोस्ट नेपालले मान्ने छ । डा. बाबुराम भट्टाईले पार्टी तथा संसद सदस्यबाट समेत राजीनामा दिनुलाई भारतको यही रणनीतिको अंग मान्न थालिएको छ ।

संसदबाट अब अन्य पक्षलाई पनि राजीनामा दिन लगाउने र संसद विघटनको स्थितिमा पुर्याउने भारतीय रणनीति सतहसम्मै देखिन थालेको छ । यस अघि नै सद्भावनाका सभासदहरुले राजिनामा दिइसकेका छन् । साँघु साप्ताहिकमा खबर छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK