×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपेन्द्र यादव मधेसमा र अशोक राई लिम्बुवानमा यसरी भड्काउँदैछन्

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

उपेन्द्र यादव मधेसमा र अशोक राई लिम्बुवानमा यसरी भड्काउँदैछन्

Artha Sarokar

१२ आश्विन २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

आन्दोलनकै एजेन्डाका विषयमा एउटै पार्टीका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता तथा संसदीय दलका नेता अशोक राईबीच आन्दोलनका एजेन्डामा मत बाझिएको देखिएको छ ।

आइतबार अध्यक्ष यादव विराटनगरस्थित जोगवनी नाकामा मधेसी मोर्चाका कार्यकर्तासँगै धर्नामा बसेका थिए । सोहीसमय वरिष्ठ नेता अशोक राई इलाममा लिम्बुवान संघर्ष समितिले आयोजना गरेको ¥याली र सभामा प्रमुख अतिथि थिए ।

मधेसी मोर्चाले जोगवनी नाकामा लगाएको नारामा पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म दुई प्रदेश मधेस र थारुको हुनु पर्ने नारा लगाएका थिए । उता इलाममा लिम्बुवानले अरुणपारिका ९ जिल्ला झापा, मोरङ, सुनसरीसहित लिम्बुवान नभए संविधान नमान्ने बताउँदै थिए । दुई परस्परविरोधी विचारमा एउटै पार्टीका दुई प्रमुख नेताको नेतृत्वले मत बाझिएको देखिएको हो ।

उपेन्द्र यादवको मोर्चाले झापा, मोरङ र सुनसरीसहित चितवनसम्म मधेस प्रदेश हुनुपर्ने माग उठाइरहेको छ । लिम्बुवान झापा, मोरङ, सुनसरीसहित अरुणपारिका ९ जिल्ला लिम्बुवान नभए कुनै हालतमा नमान्ने भन्दै आन्दोलन चर्काउने बताउँदै आएका छन् । उपेन्द्र र अशोकको पार्टी संघीय समाजवादी फोरममा मत बाझिएको प्रष्ट देखिएको छ । उनीहरुको मत बाझिएको कुरा बाहिर आएको छैन । पार्टीभित्र उनीहरुको मत बाझिएको होइन भने उनीहरु दोहोरो खेल खेलिरहेको प्रष्ट बुझ्नु पर्ने हुन्छ ।

उनीहरुले जानाजान यस्तो खेल खेलेका हुन् भने यो लिम्बुवान र मधेसी मोर्चा दुवैको लागि धोका हो । त्योभन्दा बढी राष्ट्रिय बेइमानी हो । यसले उनीहरु देशमा अस्थिरता मच्चाउन लागि परेको प्रष्ट हुन्छ । मधेसी मोर्चा तथा लिम्बुवानी आन्दोलनकारीले संघीय समाजवादीको यो दोहोरो भूमिकाबारे जानकार भएरै आन्दोलनको नेता बनाएका हुन् भने आम नेपालीले बुझ्नु पर्ने हुन्छ । यो आन्दोलन कुनै अधिकारका लागि होइन । विदेशीको पैसामा बिकेर देशमा अस्थिरता मच्चाउनलाई केही योजनावद्ध रुपमा लागेका छन् ।
– See more at: http://www.nepalese.org/article/2015/09/28/27578/#sthash.4B0pIDuL.dpuf

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी