
भैरहवा – दुई दिनको अवरोध पछि सोमबारबाट रुपन्देहीको बेलहिया नाका सूचारु भएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरु सीमामा धर्ना बसी गरेको नाकाबन्दी स्थानीयहरुको बिरोध र प्रहरीको हस्तक्षेप पछि असफल भएको छ ।
सोमबार बिहान मधेशी मोर्चाका कार्यकर्ताहरु नाकामा धर्ना बसी रहेको अवश्थामा बेलहियाकै स्थानीयहरुले बिरोध गरे पछि प्रहरीले हस्तक्षेप गरि प्रर्दशनकारीलाई हटाएको थियो । प्रर्दशनकारी र स्थानियबिचको विवादको कारण बेलहियाको जनजीवन केही बेर तनावग्रस्त बनेको थियो । दुवै देशको सुरक्षाकर्मिको बाक्लो उपस्थिति रहेको कारण केही अप्रिय घटना भने हुन पाएन ।
नेपाली र भारतीय पक्षबीच चर्को नाराबाजी भएपछि दुवै देशको सुरक्षाकर्मिले स्थानियहरुलाई पछि धकेली प्रदर्शनकारीलाई सीमाबाट हटाएको थियो । प्रदर्शनकारीहरु सीमाबाट हटेपछि भारतीय नाका सोनौली बाट निर्वाध रुपमा सवारीहरु भित्रिएको छ । यसैगरी नेपालबाट निर्यात हुने सामाग्री पनि भारततर्फ गएको देखिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्