
नेपालको संसदमा गौतम बुद्ध नेपालमा जन्मिएको भन्दै पटकपटक दोहो¥याएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार अमेरिकामा नेपालबिरुद्ध अराजक अभिब्यक्ति दिएका छन् ।
विश्वलाई नै शान्तिको मार्गमा हिडाउने गौतम बुद्ध नेपालका नभई भारतका भएको हावादारी दावी गरेका छन् । अमेरिकाको क्यालिफोर्नियास्थित सनजोश साप सेन्टरमा आयोजित कार्यक्रममा बोल्दै मोदीले बुद्धले भारतमा ज्ञान प्राप्त गरेको समेत बताए । ‘म यहाँ महात्मगान्धी र गौतम बुद्धको देशबाट आएको छु’ मोदीले नेपाल र नेपालीलाई अपमान गर्दै भने ‘बुद्धको मार्गमा हिड्न नजान्ने देशले बुद्धको हिमायती हुँ भन्दैछन् ।’
उनले बुद्ध आफ्नो देशमा जन्मेको दावी गर्नेले नै बुद्धको मार्गलाई पटक पटक लत्याएको बताए । अघिकांस भारतीयहरुको उपस्थित रहेको उक्त कार्यक्रममा बोल्दै मोदीले भने ‘बुद्धको मार्गलाई लत्याउनेसँग बुद्ध हाम्रा हुन भन्ने अधिकार छैन ।’
गौतम बुद्धको जन्मस्थल बारे विभिन्न समयमा अनेकौँ भ्रम फैलाउँदै आएको भारतले यस अघि नै भारतमा नक्कली लुम्बिनी बनाएर कुख्याती कमाइसकेको छ । गौतम बुद्धको जन्मस्थललाई लिएर यसअघि पनि भारतले पटकपटक सुनियोजित रुपमा भ्रम फैलाउँदै आएको छ । केहि समयअघि गौतम बुद्धको जन्मस्थल बारे भ्रम फैलाउने प्रकृतिको टेलिसीरियललाई नेपालमा प्रतिबन्ध लगाइएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्