Skip to content
LAXMI SUNRISE BANK

‘उहाँले पार्टी छोडेको सुन्दा तीन छक परें… घोप्टो परेर रातभर रोएँ’ :हिसिला

अर्थ सरोकार

 सबैलाई आश्चर्यमा पार्दै एमाओवादी पार्टी परित्यागको घोषणा गरेका पूर्वएमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले आफ्नी श्रीमती हिसिला यमीलाई समेत पार्टी परित्यागबारे जानकारी नगराएको बुझिएको छ । केही दिनअघि मात्रै युरो एसियाली महिला समाजको निमन्त्रणमा रुस पुगेकी यमी अहिले पनि रुसमै छिन् ।

एनआरएन रुसका एक सदस्यका अनुसार बाबुरामले पार्टी त्यागेको खबर यमीले अनलाइनमार्फत थाहा पाएकी थिइन् । अनलाइनमार्फत बाबुरामको पार्टी परित्यागको खबर पाएकी यमीले खबर पाएलगत्तै आश्चर्य व्यक्त गरेकी थिइन् । यमीले बाबुरामले सल्लाह नै नगरी पार्टी त्याग्ने कदम चालेको भन्दै उनले असन्तुष्टि जनाएको मस्कोमा रहेका एक एनआरएन सदस्यले बताए ।‘बाबुरामको कुरा के हो बुझ्नै सकिँदैन । जहिले पनि आफ्नै पारामा हुन्छन् । अहिले पार्टी छाडेर के गरेका होलान्?’, बाबुरामले पार्टी छाडेको खबर थाहा पाउँदा यमीसँगै रहेका एक एनआरएन सदस्यले हिसिलाको भनाइ उद्धृत गर्दै  भने


आफ्ना गोप्य कुरा हतपत्त नखोल्ने बाबुरामको स्वभावका कारण यमीले बेलाबेला बाबुरामको बानीप्रति गुनासो गर्ने गरेकी छन् । केही दिनअघि रुस जाने कार्यक्रम अन्तिममा आएर बाबुरामले रद्द गरेपछि एयरपोर्टबाटै हिसिलाले  भनेकी थिइन्,‘अकस्मात रुपमा टिकट क्यान्सिल गर्नु भो । उहाँले के गर्नुहुन्छ मैले नै पत्तो पाउन छाडिसकेँ,’ हिसिलाले दुःखित हुँदै भनेकी थिइन् । रुसमा रहेकी यमी ४ दिनपछि नेपाल फर्कंने कार्यक्रम छ । हिसिला बाबुरामले पार्टी छोडेको समाचार पछी रात भर घोप्टो परेर रोएको समेत स्रोत बताउँछ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK