Skip to content
LAXMI SUNRISE BANK

ह्याप्पी बर्थडे गूगल !

अर्थ सरोकार

इन्टरनेटको सबैभन्दा ठुलो हिस्सा ओगटेको गुगलले आज सेप्टेम्बर २७ को दिन १७ औ जन्मदिन मनाउदै छ। गुगलले आफ्नो जन्मदिन कहिले सेप्टेम्बर २६ त कहिले सेप्टेम्बर ८ मा पनि मनाएको थियो।

गुगलको जन्म कसरी भयो?

सन् १९९६ को जनवरीमा ल्यारी पेज र सर्गेइ ब्रिन क्यालिफोर्नियाको स्ट्यानफोर्ड युनिभर्सिटीमा पिएचडी गर्दै गर्दा रिसर्च प्रोजेक्टको रुपमा गुगलको सुरुवात भएको थियो। गुगलको सुरुवाती नाम ‘ब्याकरब’ थियो। पछि यसको नाम ‘गुगल’ राखियो। गुगल(google) शब्द ‘googol’ बाट बनाइएको नयाँ शब्द थियो। googol एउटा अंक हो जसले एकको पछाडी सय वटा शुन्यलाई जनाउँछ।

सन् १९९७ सेप्टेम्बर १५ मा गुगलको डोमेन रजिष्टर गरियो। अनि सन् १९९८ सेप्टेम्बर ४ बाट गुगल आधिकारिक रुपमै सुरुवात भयो।

सन् २०११ मे मा पहिलो पटक गुगलले महिनामा १ बिलियन प्रयोगकर्ता भित्र्याउन सक्यो। सन् २०१५ सम्म गुगलमा काम गर्ने कर्मचारी ५७,१४८ छन्। विश्वको करिब ६६ प्रतिशत सर्च इन्जिनको बजार गुगलले ओगटेको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK