×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अवको केहि दिनमै बाबुराम को नयाँ शक्तिको घोषणा हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अवको केहि दिनमै बाबुराम को नयाँ शक्तिको घोषणा हुने

Artha Sarokar

९ आश्विन २०७२, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एमाओवादी नेता बाबुराम भट्टराईले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । राजधानीमा शनिबार पत्रकार सम्मेलन गर्दै भट्टराईले पार्टीको साधारण सदस्य र सभासदबाट पनि राजीनामा दिएको घोषणा गरेका छन् । संविधान निर्माण प्रक्रियामा सक्रिय सहभागिता जनाएका भट्टराई संविधान जारी भएसँगै पार्टी नेतृत्वसँग असन्तुष्टी जनाउँदै आएका थिए । नयाँ बानेश्वरको इन्द्रेणी फुडल्यान्डमा आयोजित कार्यक्रममा भट्टराईले पार्टीको साधारण सदस्यता पनि परित्याग गरेको बताए।   रुपान्तरित व्यवस्थापिका संसदमा आफू सांसद नरहने पनि उनले बताए। ‘मैले यो जानकारी पार्टी अध्यक्ष प्रचण्डलाई र सभामुख सुवास नेम्वाङलाई पनि जानकारी गराइसकेको छु’, उनले भने ।
यसै बीच बाबुराम को नयाँ शक्ति केहि दिन मै घोषणा हुने बुझिएको छ । बाबुराम भट्टराइ निकट स्रोतका अनुसार केहि समय अगाडी भएको समानान्तर भेलाले नयाँ शक्तिको उदय कहिले गर्ने र कसरि गर्ने बारे निर्णय गरिसकेको बताएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी