
संयुक्त राष्ट्रसंघको ७० औं महासभाका लागी अमेरिकाको न्युयोर्क जाने कार्यक्रम रद्ध गरेका प्रधानमन्त्री सुशिल कोईराला असन्तुष्ट दलहरुसँगको वार्ता र संवादमा लागेका छन् । प्रधानमन्त्री कोइराला केही समयमै टीकापुर उड्दैछन् ।
कोइराला भदौ ७ गते टीकापुरमा घटेको घटना र त्यसपछिको वस्तुस्थितिलगायतका विविध विषयमा जानकारी लिन टीकापूर जान लागेका हुन् ।
टीकापूरमा प्रधानमन्त्री कोइरालाले आन्दोलनरत थारु र मधेसी दलका नेतासंग बार्ता गर्नसक्ने जनाईएको छ । आज विहान साढे ११ बजे नेपाली सेनाको विशेष हेलिकप्टरबाट प्रधानमन्त्री पुग्नेछन् । प्रधामनमन्त्री टीकापूर जाने भएपछी त्यहाको सुरक्षा ब्यवस्था कडा बनाइएको छ ।