×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तराई बन्दले ग्यास अभाव

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

तराई बन्दले ग्यास अभाव

Artha Sarokar

८ आश्विन २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लगातारको तराई बन्दले ढुवानी गर्न नपाउँदा खोटाङमा खाना पकाउने ग्यास अभाव भएको छ । डेढ महिनादेखिको तराई बन्दले ढुवानी गर्न नपाउँदा जिल्लामा सबै कम्पनीका ग्यास अभाव भएको हो । बिक्री केन्द्रमा ग्यास सकिएपछि विशेषगरी कोठा भाडामा लिएर सदरमुकाम बस्ने सर्वसाधारण मर्कामा परेका छन् । खाना पकाउने ग्यास सकिएपछि कतिपय विद्यार्थी घर फर्कन थालेका छन् ।

जिल्लामा वर्षात्का लागि भण्डारण गरिएका ग्यास सकिएपछि यस्तो समस्या आएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए । ‘लगातारको तराई बन्दले ढुवानी गर्न सकिएको छैन ।’ उहाँले भने, ‘प्रशासनसँगको समन्वयमा दसैँका लागि भने, स्कटिङ गरेर ४०० सिलिन्डर ग्यास ल्याउने तयारी गरेका छौँ ।’ जिल्लामा खपत हुने ग्यास वर्षात्का लागि मात्र खरिद गरेर भण्डारण गर्ने गरिएको व्यापारीले बताएका छन् । दूधकोसी नदीमा लगाइएको अस्थायी ब्रेलिब्रिज झिक्नुअघि जिल्लामा खपत हुने सबै प्रकारका दैनिक उपभोग्यवस्तु भण्डारण गर्ने गरिएको छ ।

दूधकोसीको निर्माणाधीन पक्की पुल सञ्चालनमा नआएसम्म जिल्लामा यस्तै समस्या रहने अध्यक्ष लयालुले जानकारी दिए।  ‘पुल बनाउन थालिएको यतिका वर्ष बित्यो ।’ उहाँले भने, ‘सम्बन्धित निकायलाई पटकपटक ध्यानाकार्षण गराउँदासमेत कुनै चासो दिएको छैन, यसले गर्दा जिल्लावासीलाई ज्यादै सास्ती भएको छ ।’ जिल्लामा एक डिलर र अन्य सव डिलरमार्फत ग्यास बिक्री गर्ने गरिएको छ । जिल्लामा नोबेल, कोसी, सुविधालगायत सबै कम्पनीका ग्यास खपत हुने गरेको छ । – रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी