×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पत्रकारको राहदानी खोस्ने मलेसियाका नेपाली राजदूत बिरुद्ध सर्वोच्चमा रिट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पत्रकारको राहदानी खोस्ने मलेसियाका नेपाली राजदूत बिरुद्ध सर्वोच्चमा रिट

Artha Sarokar

८ आश्विन २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पत्रकारको राहदानी खोस्ने मलेसियास्थित नेपाली राजदूत निरन्जनमानसिंह बिरुद्ध सवोच्चमा रिट परेको छ । सर्वोच्च अदालतमा  पत्रकार गणेशकुमार आचार्यको राहदानी फिर्ता गर्न त्यहाँका नेपाली राजदूतलाई आदेश दिन माग गर्दै विहिबार रिट निवेदन दायर गरिएको हो ।

मलेसियामा ‘मलया नेपाल’ नामक न्यूज पोर्टल अनलाइन पत्रिका सञ्चालन गर्दै आएका पत्रकार आचार्यको नामबाट अधिवक्ता अन्जु उप्रेतीद्वारा दायर गरिएको रिट निवेदनमा आचार्यद्वारा प्रकाशित समाचारलाई लिएर बस्न्यातले राहदानी लगेको आरोप लगाइएको छ ।

रिट निवेदनमा राजदूत बस्न्यातले पत्रकार आचार्यको ०६०२५५४६ नम्बरको राहदानी जफत गरी लाने काम गरेको उल्लेख छ । राजदूत बस्न्यातले झुटा समाचार लेखेर बदनाम गर्न खोजेकाले पत्रकार आचार्यको राहदानी लिएको भनी बताउनुभएको रिट निवेदनमा उल्लेख गरिएको छ । उक्त काम साइबर अपराध भएको राजदूत बस्न्यातले व्याख्या गरेको भनी रिट निवेदनमा छ ।

पत्रकार आचार्य नेपाल आउनका लागि हवाई टिकट लिएर राखेको अवस्थामा राजदूतले राहदानी खाेसेकाे आरोप लगाइएको छ भने सो टिकट अवरुद्ध भएकाले टिकटबापत लाग्ने शूल्क पनि राजदूतबाट दिलाई पाऊँ भनी माग गरिएको रिट निवेदनमा उल्लेख छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी