Skip to content
LAXMI SUNRISE BANK

पत्रकारको राहदानी खोस्ने मलेसियाका नेपाली राजदूत बिरुद्ध सर्वोच्चमा रिट

अर्थ सरोकार

पत्रकारको राहदानी खोस्ने मलेसियास्थित नेपाली राजदूत निरन्जनमानसिंह बिरुद्ध सवोच्चमा रिट परेको छ । सर्वोच्च अदालतमा  पत्रकार गणेशकुमार आचार्यको राहदानी फिर्ता गर्न त्यहाँका नेपाली राजदूतलाई आदेश दिन माग गर्दै विहिबार रिट निवेदन दायर गरिएको हो ।

मलेसियामा ‘मलया नेपाल’ नामक न्यूज पोर्टल अनलाइन पत्रिका सञ्चालन गर्दै आएका पत्रकार आचार्यको नामबाट अधिवक्ता अन्जु उप्रेतीद्वारा दायर गरिएको रिट निवेदनमा आचार्यद्वारा प्रकाशित समाचारलाई लिएर बस्न्यातले राहदानी लगेको आरोप लगाइएको छ ।

रिट निवेदनमा राजदूत बस्न्यातले पत्रकार आचार्यको ०६०२५५४६ नम्बरको राहदानी जफत गरी लाने काम गरेको उल्लेख छ । राजदूत बस्न्यातले झुटा समाचार लेखेर बदनाम गर्न खोजेकाले पत्रकार आचार्यको राहदानी लिएको भनी बताउनुभएको रिट निवेदनमा उल्लेख गरिएको छ । उक्त काम साइबर अपराध भएको राजदूत बस्न्यातले व्याख्या गरेको भनी रिट निवेदनमा छ ।

पत्रकार आचार्य नेपाल आउनका लागि हवाई टिकट लिएर राखेको अवस्थामा राजदूतले राहदानी खाेसेकाे आरोप लगाइएको छ भने सो टिकट अवरुद्ध भएकाले टिकटबापत लाग्ने शूल्क पनि राजदूतबाट दिलाई पाऊँ भनी माग गरिएको रिट निवेदनमा उल्लेख छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK