
अघोषित रुपमा नेपालमाथि नाकाबन्दी लगाएको भारतले धम्कीपूर्ण भाषामा यो नेपालकै कारण भएको बताएको छ । शुक्रबार एक प्रेस नोट जारी उसले भनेको छ, ‘नेपाल–भारत सिमाका धेरै ठाउँमा मालसामान अवरोध गरिएको थाह पायौं। त्यो सबै नेपालकै आन्दोलन र अस्थिरताको परिणाम हो ।’
उसले मधेसको समधान राजनीतिक रुपले खोज्न समेत सुझाब दिएको छ । प्रेस नोटमा भनेको छ,’अझै पनि हामी दोहोर्याउँछौं कि यो राजनीतिक समस्या हो, नेपाली नेतृत्वले नै यसलाई सम्बोधन गर्नु जरुरी छु’ विज्ञप्तिमा भनिएको छ।’ संविधानसभाबाट संविधान जारी भएपछि भारत रुष्ट छ । सरकारले भारतीय राजदूत रञ्जित रेलाई नाकाबन्दी सम्बन्धमा जवाफ दिन बोलाएको पूर्व सन्ध्यामा भारतीय विदेश मन्त्रालयले यस्तो भनाइ सार्वजनिक गरेको हो।
भारतले नेपाललाई आफ्नो समस्याको जड आफै पत्ता लगाउन भनेको छ । प्रेस नोटमा उसले भनेको छ, ‘समस्याको जड पत्ता लगाएर प्रभावकारी र विश्वसनीय ढंगले यसको समाधान गरियोस्। अहिलेका मतभेदहरुलाई समाधान गर्दै सर्वस्विकार्य समाधान गरि त्यसलाई संस्थागत गरिनु पर्छ। हामी आशा गछौं कि स्थिति पहिले जस्तै सहज हुनेछ।’
भारतले पहिल्यै नै समस्याको बारे सचेत गराएको पनि विज्ञप्तीमा प्रेस नोटमा उल्लेख छ । ‘हामीले पहिलेनै भनेका थियौं कि हाम्रा सामान निर्यातकर्ता र ढुवानीकर्ताहरुले नेपालमा चलिरहेको आन्दोलनका कारण आवतजावतमा समस्या भोग्नुपरेको बताएका थिए र हामीले २१ सेप्टेम्बरमै यसबारे आधिकारिक जानकारी दिएका थियौ।’
यसैबीच, यो साता नेपाल–भारत सम्बन्धमा बढेको चिसोपन र नाकाबन्दीसहितका बिषयमा स्पष्ट पार्न भारतीय राजदूत रन्जित रायले शुक्रबार साझ लैनचौरस्थित भारतीय दुतावासमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।
– See more at: http://www.nayapage.com/33404#sthash.CproYLGU.dpuf
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्