भारतको पानिटंकीदेखि करिब ६ किलोमिटर दुरीको नक्सल बजारसम्म सयौंको
संख्यामा बालबाहाक ट्रक लामबद्ध छन्। ती ट्रक नेपालका लागि भारतका बिभिन्न
ठाउँबाट सामान लिएर आएका हुन्। तर भारतीय सीमासुरक्षा बलले चेक चाँचका
बहानामा ती ट्रकलाई दुई दिनदेखि नाकामै रोकिराखेको छ। पानीटंकीमा कार्यरत
भारतीय शुरक्षाकर्मीका अनुसार माथिल्लो निकायको आदेश अनुसार चेक जाँचमा
कडाई गरिएको हो।

पानीटंकीमा दुईदिनदेखि अलपत्र परेका
नेपाली मालवाहक ट्रकका मजदुरका अनुसार भारतीय प्रहरीले पछिल्ला तिन दिनदेखि
दुःख दिईरहेको छ। त्यहाँ नेपाली ट्रक मात्रै छैनन्, चेक जाँचका नाममा
नाकामा अड्किएका ट्रक मध्ये करिव ३५ प्रतिशत भारतीय ट्रक पनि छन्। नाकामा
पेट्रोलियम पदार्थ, कोइला, मार्वल , तरकारी लगायतका बस्तु भारतीय
सुरक्षाकर्मीका कारण अड्किएका छन्।
सामान ढुवानी गर्ने
ट्रक मात्रै भारतीय प्रहरीको निशाना बनेका छैनन्। त्यहाँ साना ढुवानीका
साधनलाई पनि उस्तै गरी राखिएको छ। पानीटंकीमा ५ किलो चिनी लिएर नेपाल आउने
सर्वसाधरणलाई पनि भारतीय प्रहरीले दुःख दिईरहेको छ। केहि दिनअघि पनि झापा
तोपगाछीकी रनमाया मगर पानीटंकी सौदा गर्न गएकी थिईन। उनलाई त्यतिवेला
भारतीय प्रहरीले गरेको व्यवहार मामाले भान्जीलाई गरेको माया जस्तै हुन्थ्यो
तर बिहीबार पनि उनी पानीटंकीमा दसैको लागि सौदा गर्न गएकी थिईन्। उनले
भनिन्, ‘आज त सौताले गर्ने व्यवहार पो गरे भारतीय प्रहरीले।’ उनले
पानीटंकीबाट सानो झोलामा सामान राखेर काकडभिट्टासम्म मात्र आउँदा ११ ठाँउमा
भारतीय प्रहरीले चेकचाँच गरेर दुःख दिएको बताईन्। झोलामा दसैका लागि छोरा
छोरीलाई नयाँ कपडा राखेर उनि काकडभिट्टा आउँदै थिईन्।
मगर
मात्रै होइन बिहीबार पानीटंकी नाकामा हजारौ नेपाली सर्वसाधरणले सास्ती
खेप्नुपर्यो। आफूलाई सानो व्यापारी ठान्ने धरमपुरका प्रेमशिला माझीले पनि
उस्तै गुनासो सुनाईन्, ‘राम! राम! भो अब त किन जान्थे र,’ उनले भनिन् ‘१०
रुपैयाँ दिँदा फुरुक्क पर्ने भारतीय प्रहरी १०० दिँदा पनि हामीसँग आक्रमक
देखिन्थे। उनका अनुसार रिक्सा , साईकल त के पैदल यात्रीलाई पनि खानतलासी
गरेर हैरान लगाउँछन्।’
भारतीय पक्षले सीमा नाकामा गरेको
व्यवहार अन्तर्राष्ट्रिय सीमा सन्धी बिरुद्ध भएको जानकार बताउँछन्। उनीहरु
भन्छन, ‘भारतले सालिन आवरणमा बास्तविक अपराध गरेको हो। मधेसमा चर्केको
आन्दोलनको टिका टिप्पणी गर्दै आएको भारतले पछिल्ला दिनमा नाकामा गरेको
कडाईले हजारौ नेपालीले सास्ती खेप्नु परेको छ।
सिमा
सम्बन्धि बिटै बनाएर भारतीय एक टेलिभिजनमा कार्यरत पत्रकार अशोक अधिकारीले
नेपाललाई आफ्नो बसमा सधै राखेर भारतले रजाई गर्न खोजेको आरोप लगाए।
नेपालका
हरेक विस्वसामु जाने घटना वा राजनीति परिवर्तनलाई भारतले गिद्धे नजर
लगाउने गरेको पनि उनको अनुभव छ। अधिकारीले भने ‘सौताको रिसले लोग्नेको
घुँडा टोक्ने उखान जस्तै भारतले पछिल्ला दिनमा त्यस्तै व्यवहार सीमामा
देखायो।’
सीमा क्षेत्रमा गरीएको कडाईका बारेमा जानकारी
राख्दा नाकामा नियमित चेक जाँचको आदेश आएकाले सीमा नाकामा कडाई गरीएको
भारतको बंगाल स्थित उच्च सरकारी अधिकारी अधिकारीको भनाई उध्रित गर्दे
झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बताए। स्थानीय तहबाट
प्रयास भयो तर असम्भव देखिएकाले केन्द्रमा जानकारी गराईएको प्रजिअ पौडेलले
सेतोपाटीलाई बताए। पानीटंकीस्थित एक भारतीय सुरक्षा अधिकारीका अनुसार नाका
खुकुलो भन्ने आदेश नआउन्जेल यस्तै हो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्