
नेपालको सबैभन्दा नजिकको छिमेकीका नाताले पनि भारतले सुरुमा संविधानलाई स्वागत गरेर मधेसीलाई सहमति ल्याउने कुरा गर्नुपथ्र्याे तर, यहाँ भइदियो उल्टो । भारले सबैभन्दा पहिला विज्ञप्ती निकालेर असन्तुष्टि जनायो ।
उसको असन्तुष्टि त्यती मै मात्र सीमित भएन् । लगत्तै दोस्रो दिन अर्काे विज्ञप्ती निकालेर नाकाबन्दी गर्ने धम्की दियो । नाकाबन्दीको धम्की दिएको भोलीपल्टै तराई मधेसका केही नाकामा नेपाली दुःख दिने काम पनि भारतले गर्यो । अर्काे तर्फ नाकामा तेलका ट्याकंर रोकेर नाकाबन्दीको धम्कीलाई केही मात्रामा प्रमाणित गरेरै छाड्यो ।
त्यसको भोलिपल्ट बुधबार त भारतले सबै सीमा पार गरेर नेपालमाथि ठाडो हस्तक्षेपै गर्यो नेपालको संविधानमा ७ बुँदे संशोधन पठाएर । यी सबै घटनाक्रमपछि विहीबार नेपालको पूर्वी नाकामा नेपालतर्फ आइरहेका मालवहाक ट्रकलाई रोक्यो ।
विहीबारसम्मका प्रयासले नेपालका शीर्ष नेतालाई भारततर्फ झुकाउन सकेको छैन् । प्रथम चरणका सबै प्रयास असफल भएपछि भारतले नेपालविरुद्ध नयाँ खेल सुरु गरेको छ । यो खेल भने नेपालकै नेताबाट शीर्ष नेतालाई भारतसामू झुक्न बाध्य पार्ने खेल हो । यसका लागि भारतले मधेसका र काठमाडौंका केही नेपाली नेतालाई विश्वासमा पारेको छ ।
सबैलाई थाहा भएकै कुरा हो एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकताले भारतसामू नेपालले संविधान बनाएर देखायो । ओली र प्रचण्डको एकताबीच भारतको असन्तुष्टि र दबाबले केही काम गरेन् । यति सम्मकी आफ्ना दूत पठाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत यो मामिलामा फेल भए ।
यी सबैको कारण ओली र प्रचण्डको दृढ संकल्प र एकता हो । तर अब यो एकता तोड्न भारतले नयाँ खेल सुरु गरेको खुलासा भएको छ । भारतको हस्तक्षेपकारी गतिविधिको कडा प्रतिवाद गरिरहेका यी दुई शीर्ष नेताबीच फाटो ल्याउने भारतीय योजनाको नेतृत्व एमाओवादी नेता डा. बाबुराम भट्टराईले गर्ने स्रोतको दाबी छ ।
त्यसैकारण बाबुराम शुक्रबार मधेसी नेतालाई भेट्न जनकपुर जाँदैछन् । ओली र प्रचण्डको एकता भत्काउन सकियो भने भारतलाई चलखेल गर्न र नेपालमा हैकम जमाउन सजिलो हुने निष्कर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रहेको छ ।
भारतको यो खेलमा बाबुराम मधेस आन्दोलनको नेतृत्व गर्ने तयारीमा छन् । मधेसी दलका नेताहरुसँग भट्टराई निकटस्थ प्रभु साह, रामचन्द्र झा, रामरिझन यादव, रामकुमार शर्मालगायत १४ एमाओवादीका मधेसी नेताहरुले वार्ता सम्वाद गरिसकेको स्रोतले बतायो । वार्तामा उनीहरु बाबुरामलाई नेतृत्व दिन तयार छन् ।
बाबुरामले नेतृत्व लिएपछि मधेसी मुद्दामा प्रचण्डलाई घेराबन्दी गर्ने र सहमत गराउन सजिलो हुने योजना तयार भएको स्रोतको दावी छ । यो प्रक्रियाबाट प्रचण्ड मधेसी मुद्दामा भट्टराईसँग सहमत भएपछि ओलीसँग उनको निकटता सकिने भारतको बुझाई छ ।
तर, भारतले खेल्न लागेको यो खेल त्यती सजिलै पूरा हुने देखिदैन किनकि प्रचण्ड नयाँ संविधानलाई जुनसुकै हालतमा पनि कार्यान्वयन गराएरै छाड्ने पक्षमा छन् ।