
ज्योतिष सुनील सिटौलाले आफ्नो फेसबुकमा यसपटक भारतको अनेकन षड्यन्त्र सफल नहुने बताएका छन् । राजनीतिक मुद्दामा सम्वाद र सहमतिबाट समाधानका लागि नेपालका शीर्षनेताहरुले प्रयास गरे पनि मधेसी दल सहमतिमा आएनन् । यही मुद्दालाई टेकेर भारतको बिहारको चुनावसमेत तातिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको पार्टी भारतीय जनता पार्टी (बिजेपी) बिहारमा आफ्नो पकड जमाउन मधेसी कार्ड प्रयोग गरिरहेको छ । बिहारका मुख्यमन्त्री आफू सत्तामा टिकिरहन भारत केन्द्र सरकारमा पलटपछि नेपालका मधेसी दल कमजोर बनाउने काम भयो भन्दै सहानुभूति जुटाउन नितिश कुमार पनि लागेका छन् ।
नेपालका हरेक मामलामा प्रत्यक्ष हात हाल्न खोजेर यतिखेर भारत सामाजिक सञ्जालमा त संसारभर बदनामको पात्र भएको छ नै, नेपालमा आमनेपालीहरु मधेसीका मुद्दा सम्बोधन गर्नुपर्छ तर भारतको इशारामा होइन भन्दै एकठ्ठा भएका छन् । यसरी एकठ्ठा हुँदा हरतरहले अशान्त मधेस यतिखेर मुठ्ठीभरका मधेसी नेताको बिचल्लीमा परिणत हुँदैछ भने त्यहाँका जनताको चाहना पूरा गर्न कसरी सकिन्छ भनेर शीर्षदलका नेताहरु लागेका छन् ।
भारतले प्रयोग गरेका तीन कार्ड असफल भएपछि अब के गर्ने भनेर उ पनि रणभुल्लमा परेको छ । पहिलो उसले बिहार चुनावअघि संविधान आउन नदिन अनुरोध गर्यो । मधेस आन्दोलनलाई स्पोन्सर ग¥यो । दोस्रो संविधान जारी हुनुपूर्व भारतीय दुत एस जयशंकरलाई नेपाल पठायो । त्यसपछि भारतबाट नेपालमा आउने तेलका ट्यांकर रोक्ने काम ग¥यो । यसको जवाफ भारत सरकारले ट्विटर्मा ‘ब्याकअफइन्डिया’ एक नम्बरको टे«न्ड पायो भने आमनेपालीमा मधेसीप्रति सद्भाव र भारतप्रति आवेश पनि जन्मायो । राजनीतिक दलका नेताहरुले खुलेरै साइकल चढौँला तर भारतको इशारा मान्दैनौँ भने ।
सामाजिक सञ्जालमात्र होइन, ज्योतिष दर्शनमा पनि सुनील सिटौलाले लगातार आफ्नो फेसबुकमा लेख्दै आएका छन्, यसपटक भारतले केही विरोध गर्छ तर उसको केही चल्दैन । तराईको आन्दोलन सामान्य बन्दै जान्छ । उनले आफ्नो ब्लगमा लेखेका छन्, ‘भारतको योग नै यस्तै हो कि उ सँधै किचकिच गरिरहन्छ, योग नै त्यस्तै छ ।’
नेपालमा संविधान जारी भएपस्चात मित्र राष्ट्र भारतसँगको सम्बन्धमा अलिकता चिसोपना आएको देखिन्छ । भारतीय विदेश मन्त्रालयको पछिल्लो विज्ञप्तिपछि नेपालीहरुमा नेपालको संविधानबाट असन्तुष्ट बनेको भारतपप्रती विभिन्न प्रश्नहरु उठेको देखिन्छ । के भारतसँगको सम्बन्धमा असर नै पर्ने हो त भन्ने विषयमा ज्योतिषको कोणबाट हेर्दा यस्तो देखियोः प्रथम कुरा, मित्रराष्ट्र भारत ब्रिटिशबाट स्वतन्त्रता प्राप्त गर्दा कालसर्प योगबाट ग्रसित थियो । जसको फलस्वरुप भारत आँफै पनि सदैव तनावयुक्त रहिररहेको देखिन्छ ।
दोस्रो कुरो, भारतलाई वर्तमान समयमा राहुको महादसा चलिरहेको छ । अक्टोबर १६ २०१५ सम्म अस्त शुक्रको अन्तरदसा छ । सुक्र छिमेकीको स्थानमा छ । अस्तग्रहको अवधी निश्चय नै खराब हुने हुन्छ । त्यसपछि सुर्यको अन्तर आउँछ, जुन सुखद हुने देखिन्छ छिमेकीहरुसँगको सम्बन्धमा ।
अर्कोतर्फ नेपाली संविधान जारी भएको दिन पुनर्फू योग परेको थियो । जुन आँफैमा केही उपद्रकारी हो । तर हामीले दिएको गुरुको होरा एवम् गुरुकै लग्नमा सर्वजनिक भएको हुनाले हाम्रो संविधान मजबुत छ । तर वर्तमान समयमा हामी संकटको अन्तरदसामा छौँ । यो समय निस्चय नै हाम्रो लागि केही संकटकारक हुन सक्छ । तर हाम्रो लग्न मजबुत छ । हाम्रो स्वाभिमान उच्च रहनेछ । आत्मविश्वास दह्रो छ । हामीलाई खासै अप्ठ्यारो पर्ने छैन ।
त्यसैगरी अर्को विचारणीय कुरा, मित्रराष्ट्र भारतको स्वतन्त्र लग्न मिथुन छ । हाम्रो संविधान जारीको लग्न मीन । एकअर्काको सुख र कर्ममा पर्दछ । यसकारण ग्रहदसा बिग्रेर बुद्धी बिग्रे पनि सम्यम भएर आपसी हितको लागि कार्य गर्नु दुवै देशको लागि उपयुक्त हुने देखिन्छ ।