
पूर्वी नाका काँकरभिट्टाबाट हिजो विहानसम्म सवारी साधन आवतजावत भइरहेकोमा भारतीय प्रहरीले बुधबार दिउँसो १२ बजेदेखि अचानक सवारी साधन आवतजावतमा अवरोध गरेको छ । भारतीय सीमा सुरक्षा बल एसएसबीले ‘दिल्लीको आदेश’ भन्दै सीमा नाकामा मालवहाक ट्रक रोकेर नाकाबन्दी गर्न खोजेका हुन् ।
भारतीय एसएसबीले नेपालतर्फ आउन लागेका सयौं सवारी साधनलाई मेचीपुलको भारततर्फको क्षेत्र पानीट्याङ्कीमै रोकेको प्रत्यक्षदर्शी तथा भारतीय प्रहरीको अवरोधमा परेका व्यवसायीहरुले बताएका छन् ।
एसएसबीले सवारी साधनको कागजात चेकजाँच गर्ने लगायतको विभिन्न बहाना बनाएर नेपालतर्फ आउने सवारी साधनमा अवरोध खडा गरेको बताइएको छ । भारतीय प्रहरीले माथिको आदेश तथा नेपालमा संविधान जारी भएपछि उत्पन्न परिस्थितिका कारण निर्वाधरुपमा सवारी साधन जान दिन सक्ने अवस्था नरहेको भनी सवारी धनी तथा चालकहरुलाई जवाफ दिने गरेको पीडितहरुले बताएका छन् ।
भारतीय प्रहरीको अवरोधका कारण नेपाल आउन लागेका सयौं मालबाहक तथा अन्य सवारीसाधन बाटोमै अलपत्र अवस्थामा राखिएका छन् । अचानकको अवरोधले हजारौं सर्वसाधारण तथा उद्योगी व्यवसायी मर्कामा परेका छन् ।
भारतीय प्रहरीले फलफूल, औषधि, सागसब्जीका गाडीसमेत आउन नदिएको तथा मोटससाइकल सञ्चालनमा समेत अनावश्यक दुःख दिएको पीडितहरुले बताएका छन् ।
यता झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले भने सो विषयमा आफूलाई केही जानकारी नभएको र यदि त्यसो भएको रहेको रहेछ भने भारतीय अधिकारीहरुसँग कुरा गर्ने बताउनु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्