Skip to content
LAXMI SUNRISE BANK

झट्केलो छोरी बेहोस हुने गरी कुटिइन्

अर्थ सरोकार

माडीका सुरेश सुनारले ४५ वर्षीया झट्केलो छोरी वर्षा सुनुवारलाई बेहोस हुने गरी कुटेका छन् ।

बाबुको कुटाइबाट बेहोस वर्षालाई माडीमा उपचार हुन नसकेपछि भरतपुर अस्पताल ल्याइएकामा त्यहाँ पनि उपचार हुन नसक्दा चितवन मेडिकल कलेज पठाइएको छ । २४ घण्टादेखि अचेत उनको टाउकोमा रगत जमेको अवस्था गम्भीर रहेका माडी इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर निर्मल थापाले बताए ।

घरमा फोहोर गरेको भन्दै मुख थुनेर झट्केलो छोरीलाई निर्मम तरिकाले कुटपिट भएको थापाले बताए । सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK