
प्रसंग हो, दिनेश भट्टराई र दुर्गाबहादुर सुवेदी (दुबसु) क्षेत्रीको, जो दिनदिनै भेट भएर प्रधानमन्त्रीलाई गाली गर्न बा“की राख्दैनन् । सुशील कोइराला प्रधानमन्त्री हुनासाथ सुजाता कोइरालाको दबाबमा उनको परराष्ट्र सल्लाहकार बनेका भट्टराईको मुख्य ध्यान नै राजदूत भएर बेलायत कसरी जाने भन्नेमा केन्द्रित छ । बेलायतमा नेपालले आफ्नो जीर्ण भइसकेको घर बेच्नुपर्ने भएका कारण सुजाताले दिनेशलाई नै रोजेकी छन् ।
पहिला स्विट्जरल्यान्डको राजदूत भइसकेका उनी सुजाताको कोटाबाट बेलायत जानका कतिसम्म क्रियाशील छन् भन्ने कुरा परराष्ट्र वृत्तमा राम्ररी थाहा छ । सुशील कोइराला प्रधानमन्त्री रहुञ्जेल उनको वरिवरि घुमेर स्वार्थसिद्ध गर्ने अनि उनी प्रधानमन्त्रीबाट खुस्किने बेलामा बेलायत जाने योजनाकै कारण यिनी लामो समयसम्म राजदूत नियुक्ति रोक्नसमेत सफल भए । तर, अहिले अन्तिम बेलामा राजदूत नियुक्त गराउने उनको प्रयास भने सफल नहुने भएको छ । प्रधानमन्त्री कोइरालाले छिट्टै राजीनामा दिने तय भएकाले यसबीचमा राजदूत नियुक्ति सम्भव छैन ।
कोइराला भएकै बेला नियुक्त हुन सक्ने मात्र आफ्नो मौका आउने बुझेका भट्टराईले यसबीचमा राजदूत नियुक्तिका लागि कम्ती कोसिस गरेनन् । आठ देशमा रिक्त राजदूत नियुक्तिका लागि अन्तिममा बेलामा प्रधानमन्त्री कोइरालाले एमाले अध्यक्ष केपी ओलीस“ग नाम पनि मागेका थिए । तर, ओलीले सुरुमा आफूले कोसिस गर्दा नमान्ने अनि अहिले अन्तिम बेलामा हतार गर्ने भन्दै नाम नदिएपछि नियुक्ति हुन सकेको छैन । परराष्ट्रभित्र चलखेल गर्न माहिर पूर्वसहसचिव भट्टराईले त्यहा“भित्रका सूचना प्राप्त गर्न र चलखेल गर्नका लागि सहसचिव दुबसु क्षेत्रीलाई हातमा लिएका छन् ।
सोझा स्वभावका सचिव शंकरदास बैरागीले खासै चलखेल नगर्ने भएका कारण प्रशासन महाशाखा प्रमुख क्षेत्रीले नै भट्टराईलाई सहयोग गर्दै आएका छन् । यसअघि नै झापाली कृष्णप्रसाद सिटौलाको जोडबलमा राजदूत नियुक्त हुन कोसिस गरेका क्षेत्री यसपटक भट्टराईको फेर समातेर जापान जाने ध्याउन्नमा छन् । उनले मन्त्री महेन्द्रबहादुर पाण्डेको पनि देख्नेलाई नै लाज हुने गरी भद्दा किसिमले चाकडी गर्दै आएका छन् ।
भारतस्थित नेपाली दूताबासमा हुँदा तस्करीको आरोप लागेर फिर्ता बोलाइएका भट्टराईले आफ्ना पक्षमा लबिङ गराउन मिडियाकर्मी समेत परिचालन गरेका छन् । दैनिक मिडियामा कूटनीति बिट हेर्ने अधिकांश पत्रकार प्रेस युनियनका सदस्य भएका कारण बेलाबेलामा नया“ बानेश्वरस्थित इन्द्रेणी होटलमा बोलाएर उनले व्यवस्था गर्दै आएका छन् । अहिले जापान, श्रीलंका, जर्मनी, ओमन, बहराइन, बेलायतलगायतका आठ देशमा राजदूत रिक्त छन् । अब नयाँ सरकार आएपछि मात्रै नियुक्ति हुने भएको छ