
२०४२सालमा झापाको बाहुनडाँगीमा पेट्रोलखानीको आशंका
२०४३ सालमा पेट्रोल भएको प्रमाणित नेपाल सरकारबाटै
२०४५ सालमा इटालीयन कम्पनी साइपमले कच्चापदार्थ प्रमाणित गरेको
ptolबाहुनी गाविस वडा नं. ९ का हरिप्रसाद ओझा उमेरले ७२ नाघे। आफ्नै गाउँमा पेट्रोलखानी पत्ता लाग्दा उनी दंग परेका थिए।
उनी सोच्थे – अब पेट्रोलका लागि भारततिर पैसा बर्साउनु परेन।
तर २०४५ सालमा प्रमाणित भएको बाहुनी–९ को पेट्रोलखानीबाट यतिका वर्ष बित्दा पेट्रोल निस्किने कुरै छाडौं, अलपत्र छोडिएको छ।
‘पेट्रोलको कच्चापदार्थ रहेको पुष्टि भएपछि कोही फर्केर आएनन्,’ ओझा भन्छन्, ‘सरकारले चाहेको भए नेपालमै पेट्रोल उत्पादन सुरू हुन्थ्यो।’
स्थानीयका अनुसार पञ्चायतकालकै बेला २०४२ सालमा यहाँ पेट्रोलको कच्चापदार्थ छ भन्ने पत्ता लागेको थियो। देशीविदेशी मान्छेहरूको चहलपहल र विज्ञहरूको ठूलो टोली यहाँ खनिएका थिए।
२ बिगाहा १७ कठ्ठा जमिनमा अवस्थित पेट्रोलखानीमा अहिले खानी तथा भौगर्भिक विभागका दुई कर्मचारी बस्छन्। उनीहरूलाई यहाँ रेखदेख गर्न खटाइएको स्थानीयको भनाइ छ।
पूर्व गाविस अध्यक्ष रोहिणीप्रसाद गौतमका अनुसार २०४२ सालमा यहाँ पेट्रोलको कच्चापदार्थ फेला परेको आशंकामा सर्वे थालिएको थियो।
पेट्रोल अन्वेषण परियोजना नै सक्रिय भएर लागेपछि २०४३ सालमा यो प्रमाणित गरेको गौतमको भनाइ छ।
उनका अनुसार नेपाल, इटाली, नेदरल्याण्ड र स्वीट्जरल्याण्डका प्रतिनिधिको सहभागितामा खानी खन्न सुरू गरिएको थियो।
‘३५ सय मिटर गहिरो खनेपछि पेट्रोलको कच्चापदार्थ पत्ता लाग्यो,’ उनी भन्छन्, ‘प्रमाणित हुनेवित्तिकै खानी बन्द गरियो।’
नेपाल सरकारले खानी उत्खनन् गर्ने जिम्मेवारी इटालीयन कम्पनी साइपमलाई दिएको स्थानीयको भनाइ छ। साइपम कम्पनीले २०४५ सालमा कच्चापदार्थ प्रमाणित गरेको स्थानीय बताउँछन्।
‘पेट्रोलको कच्चापदार्थ फेला परेको प्रमाणित गरेर इटालीयन कम्प्नी गयो,’ स्थानीय कमल गौतम भन्छन्, ‘त्यसलगत्तै सरकारले खानी बन्द गर्यो।’
पेट्रोल खानी किन बन्द गरियो भन्ने चाहिँ आधिकारीक रूपमा कसैलाई जानकारी छैन। तर भारतको चाहनामा पेट्रोलखानी बन्द गरिएको हुनसक्ने आशंका स्थानीय गर्छन्। कतिपय स्थानीय खर्च धेरै हुने ठानेर सरकारले बन्द गरेको हुनसक्ने बताउँछन्।
‘आसाममा पेट्रोलखानी छ,’ ७२ वर्षीय ओझा भन्छन्, ‘यहाँबाट कच्चापदार्थ निकाल्यो भने भारतको खानी सुक्छ भनेर बन्द गरिएको सुन्नमा आएको छ।’
पूर्व गाविस अध्यक्ष गौतमले भने यहाँ कच्चापदार्थ पाइए पनि त्यसलाई उत्पादन गर्दा लागतको पचास प्रतिशत घाटा हुने भएकाले सरकारले बन्द गरेको सुनेको बताउँछन्।
‘हाम्रो लेभलमा थाहा छैन सत्यतथ्य,’ उनी भन्छन्, ‘तर खर्च धेरै हुने भएकाले उत्पादन गर्न नसक्ने देखेर बन्द गरिएको भन्ने सुनेको छु।’ उनका अनुसार पूर्वमा अन्त कतै यस्तै पेट्रोलखानी भेटिए प्रशोधनकेन्द्र स्थापना गरेर सञ्चालन गर्ने योजना सरकारको थियो।
त्यहाँ रहेका कर्मचारीका अनुसार चिनियाँ कम्पनीले फिल्ड सर्वे गरेको थियो। त्यसपछि इटालियन कम्पनीले खाल्डो खन्यो।
२०४५ सालदेखि खानी तथा भौगर्भिक विभाग अन्तर्गत रहेर पेट्रोल खानी रेखदेख गरिरहेका कर्मचारी कपिलमणि रिजाल सामान्य हेरचाह गर्नेबाहेक अरू यहाँ केही काम छैन। उनी सँगसँगै पर्शुराम गौतम पनि त्यहाँ रेखदेखमा संलग्न छन्।
स्थानीयबासी सरकारले कहिल्यै फर्केर नहेरेकोमा आक्रोशित छन्। त्यससँगै यहाँ पेट्रोलको कच्चापदार्थको सत्यतथ्य जानकारी दिन स्थानीयले माग गरेका छन्।
‘भएको भए किन प्रयोगमा ल्याइएन बताइदिनुपर्यो,’ स्थानीय डम्बर आचार्य भन्छन्, ‘छैन भने छैन भन्दिनुपर्यो, हामी यहाँ पेट्रोलखानी छ भन्ने थाहा पाएयता वर्षौंदेखि पेट्रोल उत्पादन कहिलेदेखि हुन्छ भनेर पर्खेर बसेका छौं।’
स्थानीय रबिन थापाका अनुसार पेट्रोलखानीको तथ्य जानकारी दिन हालै प्रधानमन्त्री सुशील कोइराला र उद्योगमन्त्री महेश बस्नेतलाई ज्ञापन बुझाइएको छ।
‘हामीले १० हजार जनाको हस्ताक्षर सरकारलाई बुझाएका छौं,’ थापा भन्छन्, ‘उद्योगमन्त्रीले म बुझौंला भन्नुभएको छ।’श्रोत सेतोपाटी माघ २२, २०७१
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्