
काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रंघको महासभामा भाग लिन अमेरिका जान लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध अमेरिकामा रहेका नेपालीहरुले विरोध प्रदर्शन गर्ने भएका छन् ।
नेपाली लोकतान्त्रिक युवा परिषद् अमेरिकाको आयोजनामा अमेरिकामा रहेका नेपालीहरुले संयुक्त राष्ट्रसंघ भवन अगाडि मोदीविरुद्ध शान्तिपूर्ण बृहत विरोध प्रदर्शन गर्न लागेका हुन् । संविधान जारी भएपछि भारतले गरेको अनावश्यक हस्तक्षेपको विरोधमा प्रदर्शन गर्न लागिएको अभियन्तामध्येका एक प्रमोद सिटौलाले सामाजिक सञ्जालमार्फत जनाएका छन् । उनका अनुसार, विरोध प्रदर्शनको समय र स्थान भने तय हुन तय हुन बाँकी रहेको छ ।
यसैगरी, आइतबार अमेरिकाको क्यालिफोर्नियामा पनि मोदीलाई कालोझण्डासम्मको विरोध जनाउने तयारी नेपाली समुदायले गरेका छन् । मोदीविरुद्ध भारतकै शिख समुदायले पनि क्यालिफोर्नियामा विरोध प्रदर्शन गर्न लागिरहेको अमेरिकास्थित नेपाली संचारकर्मी कृष्ण केसीले जानकारी दिए ।