
केही वर्षअघि थारु कल्याणकारिणी सभाले एउटा विज्ञप्ति जारी गरेर तराईमा भारतीयलाई नागरिकता सजिलैसँग वितरण गरेर थारु समुदायलाई अल्पमतमा पार्ने प्रयास गरिएको भन्दै विरोध गरेको थियो । त्यसबेला यो विषयलाई गम्भीरता साथ लिइएन । नागरिकता वितरणलाई खुकुलो बनाउँदा थारु समुदायले मात्र नभएर देशका सबै समुदायले भविष्यमा समस्या भोग्नुपर्छ भन्ने सोचिएन । खुकुलो नागरिकता वितरणको व्यवस्थाले युगौँदेखि तराईका भूमिपुत्र मधेसी समुदायको पनि भाग खोसिने अवस्था आएको छ ।यसका लागि नेपाल सरकार गम्भीररुपमा दोषी छ ।
नागरिकताको गम्भीर सबाललाई पनि असर पर्ने गरी मित्रराष्ट्र भारतले नेपाललाई सात बुँदे सुझावका नाममा दबाब दिएको थाहा पाउँदा म छक्क परेकी छु । नेपालको आन्तरिक मामिलामा मित्र राष्ट« भारतले यसरी दबाब दिने काम किन गरिरहेको छ भन्ने चिन्ता लागेको छ । यसले दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई फाइदा गर्दैन ।
मिडियामा आएको सात बूँदे सुझावमा उठाइएका कुरा अत्यन्त आपत्तिजनक छ । अङगीकृत नागरिकलाई राज्यको कार्यकारी पद दिनुपर्ने दबाब भारतले किन दियो ? हामीले सोच्नुपर्ने अवस्था आएको छ । विशेषगरी थारु समुदायले झनै सोच्नुपर्ने भएको छ ।
हजारौँ वर्षदेखि नेपालका बासिन्दा थारु समुदायले कतिपय अधिकार नपुगेको भन्दै आवाज उठाइरहेको छ । राज्यका कार्यकारी पदमा थारु पनि पुग्नुपर्छ भन्ने आवाज उठिरहेको बेला अब हामीले अंगीकृत नागरिकहरुसँग अवसरहरुको भागवण्डा गर्नुपर्ने ? थारु तथा अन्य समुदायले यो सहन सक्ने कुरा होइन । हामीले यसको विरोध गर्नुपर्छ ।
हजारौँ वर्षदेखि नेपालका वासिन्दा थारु समुदायले कतिपय अधिकारहरु नपुगेको भन्दै आवाज उठाइरहेको छ । राज्यका कार्यकारी पदमा थारु पनि पुग्नुपर्छ भन्ने आवाज उठिरहेको बेला अब हामीले अंगीकृत नागरिकहरुसँग अवसरहरुको भागवण्डा गर्नुपर्ने ? थारु तथा अन्य समुदायहरुले यो सहन सक्ने कुरा होइन । हामीले यसको विरोध गर्नुपर्छ । जनताकै सुझाव पर्याप्तरुपमा समेट्न नसकिएको संविधानमा भारतको सुझाव कसरी समेट्न सकिन्छ ? मित्र राष्ट्र भारतले दिएको सुझाव स्वयं भारतको संविधानमा समेत उल्लेख भएको देखिँदैन ।
अब सरकारले मित्र राष्ट्र भारतलाई सुझावका लागि धन्यवाद दिनुपर्छ, त्यो भन्दा बढी केही गर्न सकिने अवस्था छैन भनेर कुटनीतिक सम्बन्ध सुधार गर्नेतिर लाग्नु पर्छ ।
शान्ता चौधरीको फेसबुकबाट ।
– See more at: http://www.nepalese.org/article/2015/09/23/26847/#sthash.FuntULaP.dpuf